singel post top banner

इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो

belwo post title ad banner
रासस रासस
आइतबार, पौष २७, २०८२
235 Views
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
समाचार सारांश
  • काठमाडौं – इरानको इस्लामिक गणतन्त्रविरुद्ध भइरहेको राष्ट्रव्यापी प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको संख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन्।
  • इन्टरनेट र फोन सेवा अवरुद्ध भएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरहरूका सडक प्रदर्शनकारीहरूले भरिएका थिए।

काठमाडौं – इरानको इस्लामिक गणतन्त्रविरुद्ध भइरहेको राष्ट्रव्यापी प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको संख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन्। इन्टरनेट र फोन सेवा अवरुद्ध भएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरहरूका सडक प्रदर्शनकारीहरूले भरिएका थिए।

अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार, प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै २६०० जना हिरासतमा परेका छन्। इन्टरनेट पूर्ण रूपमा बन्द गरेपछि घटनाको वास्तविक विवरण सङ्कलन गर्न कठिन भएको छ। नेटब्लक्सजस्ता अनुगमन संस्थाहरूले बिहीबारदेखि देशमा इन्टरनेट कनेक्टिभिटी लगभग छैन भन्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई चेतावनी दिँदै भने, ‘शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए ‘ठूलो समस्या’ हुनेछन्।’ सामाजिक सञ्जालमा उनले भने, ‘इरानका जनता अहिले स्वतन्त्रता पाउने धेरै नजिक पुगेका छन्। यस्तो अवस्था पहिले कहिल्यै आएको थिएन। यदि आवश्यक पर्‍यो भने अमेरिकाले उनीहरूलाई सहयोग गर्न तयार छ।’

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, राष्ट्रपति ट्रम्पलाई सम्भावित सैन्य कारबाहीवारे जानकारी दिइएको भए पनि अन्तिम निर्णय भएको छैन। इन्टरनेट अवरुद्ध भए पनि सामाजिक सञ्जाल र विदेशस्थित फारसी टेलिभिजनहरू मार्फत बाहिरिएका भिडियोहरूमा उत्तरी तेहरानको पुनाक क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएको देखिन्छ। उनीहरूले मोबाइल फोनको उज्यालो बाल्दै नारा लगाएका छन्, भाँडाकुँडा बजाएका छन् र कतिपय स्थानमा आतशबाजी गरेका छन्।

दोस्रो ठूलो शहर मशहदमा सुरक्षा बल र प्रदर्शनकारीबीच आमनेसामनेको दृश्य देखिएको छ। सडकमा जलिरहेको भग्नावशेष र डम्पस्टरले बाटो अवरुद्ध गरेको देखिएको छ। मशहद, तब्रिज, कोम र हामेदान जस्ता पवित्र शहरहरूमा ठूलो प्रदर्शन भएको रिपोर्ट आएको छ।

इरानी राज्य टेलिभिजनले आइतबार धेरै सहरको शान्त क्षेत्र देखाउने प्रयास गरेको भए पनि तेहरान र मशहदका दृश्यहरू समेटिएको छैन। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले शुक्रबार कडा भाषण गर्दै प्रदर्शनलाई बाह्य शक्तिद्वारा उक्साइएको भन्दै अमेरिकी चेतावनीको अवज्ञा गरेका छन्।

यसैबीच, इरानका महान्यायाधिवक्ता मोहम्मद मोभेदीले विरोध प्रदर्शनमा सहभागीहरूलाई ‘भगवानको शत्रु’ ठहरिने र मृत्युदण्डसम्मको अभियोग लाग्न सक्ने चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरूले सुरक्षा बलले प्रदर्शनकारीविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्। नर्वेस्थित इरान मानव अधिकार समूहले हालसम्म कम्तीमा ५१ जनाको मृत्यु पुष्टि गरेको र वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन्।

शुक्रबार विभिन्न ठाउँमा ‘खामेनी मूर्दावाद’ जस्ता सरकारविरोधी नारा गुञ्जिएका थिए। विदेशस्थित फारसी टेलिभिजनहरूले राजधानीबाहेक मशहद, तब्रिज र कोमका प्रदर्शनका दृश्यहरू प्रसारण गरेका छन्।

पश्चिमी शहर हामेदानमा प्रदर्शनकारीहरूले शाहकालीन झण्डा फहराएका देखिएका छन्, जुन सन् १९७९ अघि शासन गरेको राजतन्त्रको प्रतीक हो। लन्डनस्थित इरानी दूतावासमाथि पनि केही समयका लागि यही झण्डा फहराइएको देखिएको छ।

इरानी निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनकारीहरूलाई थप शक्तिशाली रूपमा सडकमा उतर्न आह्वान गरेका छन्। उनले सहरका मुख्य केन्द्रहरू कब्जा गर्न र पुराना राष्ट्रिय प्रतीक प्रयोग गरी सार्वजनिक स्थानमा दाबी जमाउन आग्रह गरे।

अधिकारकर्मीहरूले भने सुरक्षा बलका धेरै सदस्य पनि मारिएको बताएका छन्। राज्य टेलिभिजनले शिराजमा मारिएका सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्य प्रसारण गरेको छ र मस्जिद तथा अन्य भवनमा आगजनीका तस्बिरहरू देखाएको छ।

इरानको राष्ट्रिय हितको रक्षा गर्न र शान्ति भङ्ग गर्न खोज्ने शत्रुहरू विरुद्ध सेनाले चेतावनी दिएको छ।

युरोपेली संघ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले इरानी जनताको आन्दोलनप्रति समर्थन व्यक्त गरेकी छन् र प्रदर्शनकारीमाथिको हिंसात्मक दमनको निन्दा गरेकी छन्। विश्वका अन्य नेताहरूले पनि इरानी अधिकारीहरूलाई संयम अपनाउन आग्रह गरेका छन्।

यो आन्दोलन डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको हो। यसले अन्तर्राष्ट्रिय प्रतिबन्ध, आर्थिक सङ्कट र बेरोजगारीप्रति जनतामा भएको असन्तोषबाट जन्मिएको हो। विश्लेषकहरूको धारणा अनुसार, यसले प्रत्यक्ष रूपमा इरानको इस्लामिक शासनलाई चुनौती दिँदै एउटा ऐतिहासिक मोड लिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
पर्यटकका लागि ल्याइएका बसहरूको स्थिति खराब: कोषका पदाधिकारीहरूको अनियमितताले पर्यटकलाई समस्या
पर्यटकका लागि ल्याइएका बसहरूको स्थिति खराब: कोषका पदाधिकारीहरूको अनियमितताले पर्यटकलाई समस्या
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
मकवानपुरमा ट्रक दुर्घटना: एकको मृत्यु, चालक गम्भीर घाइते
मकवानपुरमा ट्रक दुर्घटना: एकको मृत्यु, चालक गम्भीर घाइते
पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ
पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?