singel post top banner

नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक २२, २०८२
242 Views
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
समाचार सारांश
  • काठमाडौं – त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.
  • डा.

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले नेपालमा भएको जेन–जी आन्दोलनलाई भ्रष्टाचार, कुशासन र जवाफदेहिताको अभावको परिणाम भएको बताए। शनिबार काठमाडौं कीर्तिपुरमा आयोजित ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा प्रमुख वक्ता को रूपमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

गोष्ठीमा बोल्दै प्रा.डा. केसीले अहिलेको नेपाली राजनीति आईडियोलोजीभन्दा बढी सुशासन र जवाफदेहिता आवश्यक रहेको बताए। उनले भन कि, “भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन मास फ्रस्टेसन (असंतुष्टि) को परिणाम हो। युवाले डिजिटल प्लेटफर्ममार्फत सपना देखेका थिए, तर निराश भएर आन्दोलन गर्नुपरेको हो।”

प्रा. केसीले नेपालका नेताहरू पारदर्शिता र अनुशासन पालनामा असफल भएको बताए। “यही कारण भ्रष्टाचार मौलाएको हो। हामी १००० देखि १५०० डलर प्रतिव्यक्ति आम्दानी गर्छौं, तर हाम्रो सपना ४० हजार डलर जस्ता धनी राष्ट्र बन्ने हो। यसले देखाउँछ कि, हामी अझै धनी हुन सकेका छैनौं,” उनले भने।

उहाँले नेपालमा ‘नेपो बेबी’ र ‘नेपोटिजम’ जस्ता प्रवृत्तिहरूले युवामा आक्रोश बढाएको उल्लेख गर्दै भने, “राजनीतिमा जवाफदेहिता नहुँदा भ्रष्टाचार बढ्छ। यसले समाजमा असमानता र अन्यायलाई जन्म दिएको हो।”

गएको आन्दोलनलाई उनले जायज भने पनि त्यसको तोडफोड र आगजनीलाई अस्वीकार्य बताए। “जसले त्यो विध्वंस गरे, संलग्न भए, तिनीहरूलाई कानुनी कारबाही हुनुपर्छ,” उनले जोड दिए।

प्रा. केसीले देशको परिवर्तनका लागि पुराना नेताहरूलाई चुनावमा हराउन आह्वान गरे। “संविधानमा समाजवाद र साम्यवादको कुरा गरेर दलाल पुँजीवादको वकालत भइरहेको छ। खराब नेताहरूलाई अब हराउनैपर्छ,” उनले भने।

उनले नयाँ पुस्तालाई देशप्रति माया र जिम्मेवारीको चेतना जगाउनुपर्नेमा जोड दिए। “विदेशी मित्रहरूसँग संगत गर्दा हाम्रो देशप्रति माया नबिर्सौं। देश अझै सुधार गर्न सकिन्छ। त्यसका लागि संस्कार निर्माण, सुशासन र भ्रष्टाचारविरुद्ध कठोर अभियान आवश्यक छ,” उनले बताए।

अन्त्यमा, प्रा. केसीले युवालाई देशको गौरवगाथा पढ्न र देशप्रति गर्व जगाउन प्रेरित गरे। “अबको चुनौती संस्कार निर्माण हो। युवालाई देशप्रति गर्व र जिम्मेवारीको भावना जागरूक गर्नुपर्छ,” उनले निष्कर्ष निकाल्नुभयो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
अमेरिका सरकार बन्दपछि हवाई ट्राफिक नियन्त्रकहरूको अभाव, पाँच हजारभन्दा बढी उडान रद्द, घरेलु उडानहरूमा भारी असर
अमेरिका सरकार बन्दपछि हवाई ट्राफिक नियन्त्रकहरूको अभाव, पाँच हजारभन्दा बढी उडान रद्द, घरेलु उडानहरूमा भारी असर
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
पालुङ–हेटौँडा सडकमा १०० भन्दा बढी बस अलपत्र, हजारौँ यात्रु ३६ घण्टादेखि समस्यामा
पालुङ–हेटौँडा सडकमा १०० भन्दा बढी बस अलपत्र, हजारौँ यात्रु ३६ घण्टादेखि समस्यामा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?