singel post top banner

विराटनगरमा चिनियाँ नागरिक पक्राउ: आईटी कम्पनीको आवरणमा खुद्रा पसल चलाएको आरोप

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन १४, २०८३
45 Views
विराटनगरमा चिनियाँ नागरिक पक्राउ: आईटी कम्पनीको आवरणमा खुद्रा पसल चलाएको आरोप
समाचार सारांश
  • विराटनगर ।
  • नेपाल–भारत सीमाबाट करिब आठ किलोमिटर दूरीमा रहेको विराटनगरमा नेपाली नागरिकका नाममा दर्ता गरिएका पसलमार्फत खुद्रा व्यापार गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

विराटनगर । नेपाल–भारत सीमाबाट करिब आठ किलोमिटर दूरीमा रहेको विराटनगरमा नेपाली नागरिकका नाममा दर्ता गरिएका पसलमार्फत खुद्रा व्यापार गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूले पर्दापछाडि लगानी, सामान आपूर्ति र दैनिक नगद सङ्कलन नियन्त्रण गरेको दाबी गरेको छ।

विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलको भुइँतलामा सञ्चालित ‘योनो मार्ट’बाट असोज ७ गते साँझ चिनियाँ नागरिक जिङ्सियान सिए पक्राउ परेका थिए। त्यसको केही दिनपछि विराटनगर–२ स्थित ‘एभरपिक सप्लायर्स’बाट अर्का चिनियाँ नागरिक लि जोसिज्याकलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार दुवै पसल नेपाली नागरिकका नाममा दर्ता भए पनि वास्तविक लगानी र सञ्चालनमा चिनियाँ नागरिकको भूमिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘योनो मार्ट’ दोलखाका धिरेन बी.के. र ‘एभरपिक सप्लायर्स’ राधिका बस्नेत कार्कीका नाममा दर्ता गरिएको थियो।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार पसलमा नेपाली कर्मचारीले दिनभर सामान बिक्री गर्थे भने साँझ चिनियाँ नागरिक आएर नगद सङ्कलन गर्थे। सामान चीनबाट ल्याइने र नाफाको नियन्त्रण पनि उनीहरूकै हातमा रहेको स्रोतको दाबी छ। ग्राहकलाई प्यान वा भ्याट बिल नदिई कारोबार गरिएको विषयमा समेत अनुसन्धान भइरहेको छ।

आईटी कम्पनीको आवरणमा खुद्रा व्यापार

नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीमा खुद्रा व्यापार गर्न बन्देज गरेको छ। प्रहरी तथा अनुसन्धानमा संलग्न स्रोतका अनुसार कानुनी प्रतिबन्ध छल्न काठमाडौँमा सूचना प्रविधिसम्बन्धी कम्पनी दर्ता गरेर विदेशी लगानी स्वीकृति लिइएको थियो।

सरकारी अभिलेखअनुसार ‘तोङ्ग आईटी ग्रुप प्राइभेट लिमिटेड’ कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८२ कात्तिक २३ गते दर्ता भएको थियो। कम्पनीले काठमाडौँ महानगरपालिका–११ मा सफ्टवेयर डेभलपमेन्ट उद्योग सञ्चालन गर्ने अनुमति पाएको अभिलेखमा उल्लेख छ। तर, अनुसन्धानमा संलग्न स्रोतका अनुसार उक्त समूहले विराटनगरमा कस्मेटिक तथा घरायसी सामानका पसल सञ्चालन गरेको पाइएको छ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भिसाको उद्देश्यभन्दा बाहिर गएर काम गर्नु गैरकानुनी हुने बताए। “बिजनेस भिसामा सफ्टवेयर कम्पनी स्थापना गर्ने उद्देश्यले आएका व्यक्तिले सोही कामबाहेक अन्यत्र संलग्न हुन मिल्दैन,” उनले भने।

ढकालका अनुसार प्रहरीले नियन्त्रणमा लिएका विदेशी नागरिकलाई अध्यागमन विभागमा шилाएपछि अनुसन्धान अधिकृत तोकेर तथ्य जाँच गरिनेछ। कसुर पुष्टि भए जरिवाना र नेपालबाट निष्कासनसम्मको कारबाही हुन सक्ने उनले बताए।

डिपेन्डेन्ट भिसाको दुरुपयोग भएको आशङ्का

अनुसन्धानमा लि जोसिज्याक ‘बेइबेइ’ नामको सफ्टवेयर कम्पनीका सञ्चालकसँग सम्बन्धित डिपेन्डेन्ट भिसामा नेपाल आएको विषय पनि जोडिएको स्रोतले जनाएको छ। अध्यागमन विभागका अनुसार डिपेन्डेन्ट भिसामा आएका विदेशीले छुट्टै व्यवसाय वा व्यापार गर्न पाउँदैनन्।

तर, अनुसन्धानमा संलग्न स्रोतको दाबीमा बिजनेस भिसामा आएका व्यक्तिले काठमाडौँमा सफ्टवेयर कम्पनी देखाउने र परिवारका सदस्य वा आफन्तले डिपेन्डेन्ट भिसामा आएर अन्य जिल्लामा नेपाली नागरिकका नाममा पसल चलाउने गरेको पाइएको छ।

प्रहरीका अनुसार विराटनगरपछि इटहरी, धरान, दमक, बिर्तामोड र इनरुवामा समेत शाखा विस्तारको तयारी भइरहेको थियो। यसबारे अनुसन्धान जारी छ।

सुरक्षा चासो र कानुनी सुधारको प्रस्ताव

भारतसँगको खुला सीमाक्षेत्र नजिक चिनियाँ नागरिकले पसल सञ्चालन गर्न थालेपछि सुरक्षा निकायले चासो राखेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। तर, हालसम्मको अनुसन्धानमा जासुसी वा राजनीतिक उद्देश्य देखिएको छैन; गतिविधि नाफामुखी व्यापारसँग सम्बन्धित देखिएको उनको भनाइ छ।

अध्यागमन विभागका प्रवक्ता ढकालले विदेशी नागरिकका लागि उपयुक्त भिसा वर्ग सीमित हुँदा केही क्षेत्रमा दुरुपयोगको जोखिम बढेको बताए। उनका अनुसार हाल प्रचलित नौ प्रकारका भिसाबाहेक खेलकुद, उपचार र ध्यान–साधनासहितका विषय समेटेर १७ प्रकारका भिसा प्रस्ताव गरिएको विधेयक मन्त्रालयमा पठाइएको छ।

अध्यागमन स्रोतका अनुसार विदेशी नागरिकलाई कागजी कम्पनी स्थापना गराउन र भिसा प्रक्रियामा सहयोग गर्न केही कानुनी तथा व्यावसायिक मध्यस्थकर्ता सक्रिय रहेको आशङ्का छ। कम्पनी दर्ता र लगानी स्वीकृतिमा अनियमितता भएको हुन सक्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने स्रोतको भनाइ छ.

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दुबई विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागी र उडान सेवा बन्द
दुबई विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागी र उडान सेवा बन्द
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
बर्छवामा निःशुल्क आँखा परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको व्यवस्था
बर्छवामा निःशुल्क आँखा परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको व्यवस्था
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
अमेरिका मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ को मृत्यु र ५ जना घाइते
अमेरिका मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ को मृत्यु र ५ जना घाइते
बाँकेमा हावाहुरी र वर्षाले धानबालीमा क्षति, खेतमा ढल्यो धान
बाँकेमा हावाहुरी र वर्षाले धानबालीमा क्षति, खेतमा ढल्यो धान
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
सुनसरी लौकही बजारमा गोलीप्रहारबाट हत्या, स्थानीय आक्रोशप्रदर्शन र तनाव
सुनसरी लौकही बजारमा गोलीप्रहारबाट हत्या, स्थानीय आक्रोशप्रदर्शन र तनाव
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
संसद् भवन निर्माण काम ढिलाइ हुँदा राष्ट्रियसभाको बैठकका लागि विकल्प खोजी जारी, कृषि समितिको हललाई प्राथमिकता
संसद् भवन निर्माण काम ढिलाइ हुँदा राष्ट्रियसभाको बैठकका लागि विकल्प खोजी जारी, कृषि समितिको हललाई प्राथमिकता
singel sidbar banner
singel sidbar banner 2