singel post top banner

दसैँमा जुवातास खेल्ने १७ जना ललितपुर र चितवनबाट पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक ४, २०८३
44 Views
दसैँमा जुवातास खेल्ने १७ जना ललितपुर र चितवनबाट पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन्।

काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट कुल ३ लाख ५३ हजार ८३५ रुपैयाँ र सात बुक तास बरामद गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४, ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा सोमबार बेलुकी जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट ६७ हजार ८०० रुपैयाँ र एक बुक तास बरामद गरेको जनाएको छ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा डेरा गरी बस्ने धनुषाका ३६ वर्षीय विशाल चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित आठ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख १७ हजार ४०० रुपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, भरतपुर महानगरपालिका–२२, पटिहानीस्थित होटल रिभरसाइडमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ५० वर्षीय प्रेम ठकुरीसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट १ लाख ६८ हजार ६३५ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। तीनवटै घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
अमेरिका कंगोमा इबोला संक्रमणको जोखिमले अमेरिकी नागरिकलाई तत्काल उडान रोक लगाइयो
अमेरिका कंगोमा इबोला संक्रमणको जोखिमले अमेरिकी नागरिकलाई तत्काल उडान रोक लगाइयो
बालविवाहको भयावह अवस्था: मधेश प्रदेशमा जनचेतना र शिक्षाको खाँचो
बालविवाहको भयावह अवस्था: मधेश प्रदेशमा जनचेतना र शिक्षाको खाँचो
मिथिलामा छठ पर्वको तयारी सुरु
मिथिलामा छठ पर्वको तयारी सुरु
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
वीरगञ्ज भन्सारले पाँच महिनामा रु ९६ अर्ब बढी राजस्व संकलन, पेट्रोलियम पदार्थको योगदान सबैभन्दा बढी
वीरगञ्ज भन्सारले पाँच महिनामा रु ९६ अर्ब बढी राजस्व संकलन, पेट्रोलियम पदार्थको योगदान सबैभन्दा बढी
singel sidbar banner
singel sidbar banner 2