singel post top banner

स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
44 Views
स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • चाडपर्व, विपद् वा अन्य आपत्कालीन समयमा यात्रुबाट स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।

काठमाडौं । चाडपर्व, विपद् वा अन्य आपत्कालीन समयमा यात्रुबाट स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।

सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा यस्तो व्यवस्था राखिएको हो। विधेयकको दफा ४७ को खण्ड (ड) अनुसार, प्राधिकरणले स्वीकृत गरेको दरभन्दा बढी भाडा लिएर उडान सञ्चालन गर्नु कसुर मानिनेछ।

त्यस्तो कसुर प्रमाणित भएमा दफा ४८ को उपदफा (१) को खण्ड (ख) बमोजिम वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई महानिर्देशकले ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रस्ताव छ। एकपटक सजाय पाएपछि पनि सोही कसुर दोहोर्‍याएमा पहिलेको भन्दा दोब्बर जरिबाना हुने व्यवस्था विधेयकमा गरिएको छ।

प्रस्तावित व्यवस्था लागू भएमा चाडपर्व, खराब मौसम वा विपद्का समयमा हवाई टिकटको मूल्य मनपरी बढाउने प्रवृत्ति नियन्त्रण हुने र यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यो व्यवस्था विधेयक पारित भएर ऐनका रूपमा लागू भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अनमोल केसी स्टारर ‘जेरी अन टप’ दसौं दिनमा उच्च अकुपेन्सीका साथ प्रदर्शन, पहिलो सातामै ५ करोड भन्दा बढी ग्रस कलेक्सन
अनमोल केसी स्टारर ‘जेरी अन टप’ दसौं दिनमा उच्च अकुपेन्सीका साथ प्रदर्शन, पहिलो सातामै ५ करोड भन्दा बढी ग्रस कलेक्सन
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ आवेदन, छनोट समितिको बैठक आज बस्दै
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ आवेदन, छनोट समितिको बैठक आज बस्दै
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
कैलालीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
कैलालीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
बूढानीलकण्ठमा आगलागी, सात जना उद्दार, मानवीय क्षति नभएको विवरण
बूढानीलकण्ठमा आगलागी, सात जना उद्दार, मानवीय क्षति नभएको विवरण
singel sidbar banner
singel sidbar banner 2