मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
- सङ्खुवासभा ।
- मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ।
सङ्खुवासभा । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार असोज ११ गते गएको हिमपहिरोमा परी भोटखोला गाउँपालिका–३ का छेबी भोटे र वडा नं. २ का पासाङ भोटेको ज्यान गएको हो। दुवै जना पर्यटक गाइड थिए।
हिमपहिरो मनाङको नार्पाभूमि गाउँपालिका–५ मा गएको बताइएको छ। हिमलुङ हिमाल आरोहण तथा आसपासको क्षेत्रमा रहेका उनीहरू हिमपहिरोमा परेका थिए। मृतक दुवैको शव कैलाश हेलिकप्टरमार्फत पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको अध्यक्ष भोटेले जानकारी दिए। पोस्टमार्टमपछि काठमाडौंमै दाहसंस्कार गरिने उनले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






