singel post top banner

सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन ११, २०८३
40 Views
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
समाचार सारांश
  • काठमाडौं ।
  • अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेट रहेको जानकारीपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कार्यालयमा ल्याइएको बताएका छन्।

काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेट रहेको जानकारीपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कार्यालयमा ल्याइएको बताएका छन्।

खड्काले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै जबरालाई राति कार्यालयमा ल्याइएको पुष्टि गरेका हुन्। उनका अनुसार सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर जबरालाई महाराजगञ्जस्थित निवासबाट टेकु ल्याइएको हो।

‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुन सक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौँ,’ खड्काले भने। तर, जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ।

प्रहरी लिन आएपछि जबराले आफ्ना भाइ प्रभुशमशेरलाई फोन गरेर जानकारी गराएका थिए। प्रभुशमशेरले पनि आज बिहान अनलाइनखबरसँग कुरा गर्दै प्रहरीले ‘जेनजीहरूबाट तपाईंलाई थ्रेट छ’ भन्दै दाइलाई लगेको बताए।

प्रभुशमशेरका अनुसार जबरा अहिले अपराध अनुसन्धान कार्यालय टेकुमा छन्। उनीनिकट स्रोतले प्रहरीले कसैलाई भेट्न नदिएको बताएको छ। जबरालाई भेट्न उनका छोरा अहिले टेकु पुगेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
कञ्चनपुरमा वडासदस्य पक्राउ, अवैध लागुऔषध सहित पक्राउ परेकी रूपा जैरू
कञ्चनपुरमा वडासदस्य पक्राउ, अवैध लागुऔषध सहित पक्राउ परेकी रूपा जैरू
सिरहामा सीमा क्षेत्रबाट २६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद
सिरहामा सीमा क्षेत्रबाट २६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद
अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेतर्फ अवतरणका क्रममा दुर्घटना, चालक मात्र सुरक्षित
अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेतर्फ अवतरणका क्रममा दुर्घटना, चालक मात्र सुरक्षित
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2