singel post top banner

जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष २, २०८२
260 Views
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
समाचार सारांश
  • जनकपुर — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना मा पुस १ गते जनकपुरधाममा आयोजित आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारी सम्बन्धी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
  • यस कार्यशालाको मुख्य उद्देश्य महासन्धीको चौथो आवधिक प्रतिवेदनको समीक्षा र सुझाव संकलन हो।

जनकपुर — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना मा पुस १ गते जनकपुरधाममा आयोजित आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारी सम्बन्धी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यशालाको मुख्य उद्देश्य महासन्धीको चौथो आवधिक प्रतिवेदनको समीक्षा र सुझाव संकलन हो।

कार्यशालामा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताए, सन् २०२६ को सेप्टेम्बर महिनामा हुने महासन्धिको समीक्षाका लागि प्रदेशस्तरमा प्रतिवेदन बुझाउनु आवश्यक छ। उनले थपे, सामाजिक विभेद, लैङ्गिक हिंसा, गरिबी, अशिक्षा र बेरोजगारी जस्ता जटिल समस्या माथि केन्द्रित भएर सहभागीहरूको सुझावलाई प्रतिवेदनमा समेटिनेछ।

मानव अधिकारविरोधी कार्यक्रमका प्रमुख सम्झा श्रेष्ठले महासन्धीको उद्देश्य, अधिकार, समितिको भूमिका र प्रतिवेदन पेस गर्ने प्रक्रिया बारे जानकारी दिइन्। उनले छायाँ प्रतिवेदन र वैकल्पिक प्रतिवेदनको अवधारणा र नागरिक समाजको भूमिकालाई पनि स्पष्ट पारिन्।

डा. विद्या चापागाइँले नागरिक समाजले उठाएका मुद्दाहरू र ग्रामीण क्षेत्रका वास्तविक सवालहरूलाई प्रतिवेदनमा समावेश गर्नुपर्ने बताए। उनले स्थानीय तहमा महिलाको सहभागिता र गरिबी निवारणका लागि सरकारका कार्यहरूलाई प्रतिवेदनमा समेटिने बताए।

सुनिल साहले दलित सशक्तिकरण र बालिका संरक्षण सम्बन्धी ऐनको कार्यान्वयनमा समस्या रहेको जिकिर गरे। यसैगरी, आत्महत्या रोकथामका लागि विद्यालयस्तरमा मनोसमाजिक परामर्शदाता आवश्यक पर्ने सुझाव दिए।

प्रदीप यादवले यौनिक र लैङ्गिक अल्पसङ्ख्यक समुदाय, मुसहर र अन्य समुदायका नागरिकता र जन्मदर्ता समस्या माथि ध्यान दिन आग्रह गरे। रिंकु यादव र जमुना भुजेलले दलित र महिला समुदायको अधिकार रक्षा र शिक्षामा समस्या उठाइन्।

समाचार दैनिकका सम्पादक कैलाश दासले दलित समुदायको भूमिहिनता र बेरोजगारीको तथ्याङ्क प्रस्तुत गरे। मन्दाकनी कर्ण र दिवाकर उप्रेतीले रोजगारी, समानता र व्यवसायमा युवाको लगानी वृद्धि गर्नुपर्ने धारणा राखे। सञ्चारकर्मी सरोज मल्लिक र राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष किरण पासवानले जातीय विभेद र अपाङ्गता भएका व्यक्तिहरूको समस्या उजागर गरे।

कार्यशालामा सहभागीहरूले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि छायाँ प्रतिवेदन एक महत्वपूर्ण माध्यम भएको औंल्याए। यसले मानव अधिकार संरक्षण र समाजिक न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

यस कार्यक्रममार्फत समाजमा कायम रहेका विभेद, हिंसा, गरिबी र असमानता जस्ता जटिल मुद्दाहरूलाई उजागर गर्न र तिनको निराकरणका लागि सुझाव संकलन गर्न सफल भएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
दक्षिण कोरियाको पूर्व प्रथम महिला किम केओन ही लाई २० महिने जेल सजाय
दक्षिण कोरियाको पूर्व प्रथम महिला किम केओन ही लाई २० महिने जेल सजाय
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
झापाको शिवसताक्षीमा बस दुर्घटना, १९ यात्रु घाइते
झापाको शिवसताक्षीमा बस दुर्घटना, १९ यात्रु घाइते
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?