सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
- सर्लाही ।
- सर्लाहीको लालबन्दीबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद भएको छ।
सर्लाही । सर्लाहीको लालबन्दीबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद भएको छ। लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवालाई ५२ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ।
वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरेर लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी नगरपालिका–११, हिरापुरस्थित क्षेत्रबाट पक्राउ परेका हुन्। प्रहरीका अनुसार गाडीका चालक बस्ने सिटमुनी विशेष रूपमा बनाइएको ‘फल्स बटम’ भित्र लुकाएर गाँजा ढुवानी गरिरहेको अवस्थामा उनी पक्राउ परे।
इलाका प्रहरी कार्यालय, लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार प्राप्त विशेष सूचनाका आधारमा इन्स्पेक्टर जोहारीकै नेतृत्वमा प्रहरी परिचालन गरी वाइवालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका वाइवामाथि लागुऔषधसम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि लालबन्दी प्रहरीले मंसिर १ गते लालबन्दी नगरपालिका–६, शिव मन्दिर क्षेत्रबाट ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






