singel post top banner

राखी सावन्तविरुद्ध झाँसी अदालतबाट गैरजमानती वारेन्ट जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक ३, २०८३
31 Views
राखी सावन्तविरुद्ध झाँसी अदालतबाट गैरजमानती वारेन्ट जारी
समाचार सारांश
  • झाँसी ।
  • भारतीय अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतले शनिबार गैरजमानती पक्राउ पुर्जी (एनबीडब्ल्यू) जारी गरेको छ।

झाँसी । भारतीय अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतले शनिबार गैरजमानती पक्राउ पुर्जी (एनबीडब्ल्यू) जारी गरेको छ। अदालतले उनलाई र उनको टोलीका सदस्यलाई पक्राउ गरी सन् २०२६ डिसेम्बर १ मा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको छ।

यो मुद्दा १६ वर्षअघि प्रसारित टेलिभिजन कार्यक्रम ‘राखी का इन्साफ’सँग सम्बन्धित छ। कार्यक्रममा झाँसीका २४ वर्षीय लक्ष्मणप्रसाद अहिरवारलाई अपमानित गरिएको र त्यसको केही दिनपछि उनले आत्महत्या गरेको आरोप छ।

सिभिल जज जुडिसियल (एफटीसी सिएडब्ल्यू) अञ्जलीको अदालतले राखी र उनको टोलीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रेमनगर थाना क्षेत्रका बासिन्दा तथा तरकारी व्यापारी लक्ष्मणप्रसादलाई सन् २०१० मा प्रसारित कार्यक्रममा पत्नी र परिवारका सदस्यकै अगाडि ‘नामर्द’ र ‘नपुंसक’ भनिएको आरोप छ।

घटनापछि मृतककी आमाको उजुरीका आधारमा प्रेमनगर प्रहरीले राखी सावन्त र उनको टोलीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। प्रहरीले अदालतमा आरोपपत्र पेस गरेपछि मुद्दाको सुनुवाइ हुँदै आएको छ। तर, राखी अदालतमा उपस्थित नभएपछि अक्टोबर १६ मा उनीविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी गरिएको हो।

पक्राउ पुर्जीबारे प्रतिक्रिया दिँदै राखीले आफू कार्यक्रमकी प्रस्तोता मात्र भएको र च्यानलले जे भन्न लगायो, त्यही बोलेको दाबी गरेकी छन्। जेल जानुपरे पनि आफू तयार रहेको उनको भनाइ छ। मुद्दाको आगामी सुनुवाइ डिसेम्बर १ मा हुनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण, सुरक्षा व्यवस्थामा थप मजबूती
मधेश प्रदेशले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण, सुरक्षा व्यवस्थामा थप मजबूती
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी
बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी
धवल शमशेर र दुर्गा प्रसाईँबीच नयाँ पार्टीको घोषणा तयारी, नेतृत्व र रणनीतिमा सहमति
धवल शमशेर र दुर्गा प्रसाईँबीच नयाँ पार्टीको घोषणा तयारी, नेतृत्व र रणनीतिमा सहमति
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
singel sidbar banner
singel sidbar banner 2