singel post top banner

रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बुधबार, कार्तिक १९, २०८२
173 Views
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
समाचार सारांश
  • काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।
  • उनलाई जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको हो।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ। उनलाई जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको हो।

भदौ २४ गते लामिछाने कारागारबाट बाहिरिएका थिए। यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएका थिए। जेलरसँग आयोगका पदाधिकारीले रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिरिँदा सार्वजनिक गरिएको पत्रबारे सोधपुछ गरेका थिए।

लामिछानेसँग पनि उक्त विषयमा सोधपुछ तथा बयान लिइने तयारी भइरहेको एक आयोगका सदस्यले रातोपाटीलाई बताए। लामिछाने जेलबाट निस्केपछि सार्वजनिक गरिएको पत्रमा भनिएको छ — “सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुँदा गृह सचिवको आदेशअनुसार थुनामुक्त गरिएको।” पत्रमा थप भनिएको छ — “थुनामा राख्दा थप अन्याय हुन जाने र देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णय गरिएको।”

भदौ २४ गते प्रदर्शनकारीहरूले रविलाई जेलबाट बाहिर ल्याएपछि रास्वपाका कार्यकर्ताहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जेलर जोशीले बयानमा खुलाएका छन्। आयोगका एक सदस्यले जोशीको बयान उद्धृत गर्दै बताए, “रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराइयो, सुरक्षा चुनौतीको कारण पत्रको विषय हेर्न पाएको छैन।”

यसअघि उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे निरीक्षण गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
सुनको मूल्य दोहोर्याएर घट्यो, चाँदीको मूल्य समेत घट्दै
सुनको मूल्य दोहोर्याएर घट्यो, चाँदीको मूल्य समेत घट्दै
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
नेपाली कांग्रेसमा महाधिवेशनको मिति लिएर टकराव, विभाजनको खतरा बढ्दै
नेपाली कांग्रेसमा महाधिवेशनको मिति लिएर टकराव, विभाजनको खतरा बढ्दै
नेपालको सीमा सम्बन्धी विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी, भारतसँग सीमा टुंग्याउने सरकारको दृढ प्रतिबद्धता
नेपालको सीमा सम्बन्धी विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी, भारतसँग सीमा टुंग्याउने सरकारको दृढ प्रतिबद्धता
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
singel sidbar banner
singel sidbar banner 2