singel post top banner

रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बुधबार, कार्तिक १९, २०८२
198 Views
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
समाचार सारांश
  • काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।
  • उनलाई जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको हो।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ। उनलाई जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको हो।

भदौ २४ गते लामिछाने कारागारबाट बाहिरिएका थिए। यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएका थिए। जेलरसँग आयोगका पदाधिकारीले रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिरिँदा सार्वजनिक गरिएको पत्रबारे सोधपुछ गरेका थिए।

लामिछानेसँग पनि उक्त विषयमा सोधपुछ तथा बयान लिइने तयारी भइरहेको एक आयोगका सदस्यले रातोपाटीलाई बताए। लामिछाने जेलबाट निस्केपछि सार्वजनिक गरिएको पत्रमा भनिएको छ — “सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुँदा गृह सचिवको आदेशअनुसार थुनामुक्त गरिएको।” पत्रमा थप भनिएको छ — “थुनामा राख्दा थप अन्याय हुन जाने र देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णय गरिएको।”

भदौ २४ गते प्रदर्शनकारीहरूले रविलाई जेलबाट बाहिर ल्याएपछि रास्वपाका कार्यकर्ताहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जेलर जोशीले बयानमा खुलाएका छन्। आयोगका एक सदस्यले जोशीको बयान उद्धृत गर्दै बताए, “रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराइयो, सुरक्षा चुनौतीको कारण पत्रको विषय हेर्न पाएको छैन।”

यसअघि उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे निरीक्षण गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
रौतहट नगरपालिका ३ का सडक किनारामा शंकास्पद वस्तु फेला
रौतहट नगरपालिका ३ का सडक किनारामा शंकास्पद वस्तु फेला
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
सीमा विवाद र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदमा विरोध, विपक्षी दलहरूको माग र छलफलको वर्तमान स्थिति
सीमा विवाद र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदमा विरोध, विपक्षी दलहरूको माग र छलफलको वर्तमान स्थिति
मुख्यमन्त्री सोनललाई विद्यार्थीहरूको विश्वविद्यालय सुधारका लागि आग्रह: अध्ययन वातावरणमा देखिएका बेथितिहरूको चाङ
मुख्यमन्त्री सोनललाई विद्यार्थीहरूको विश्वविद्यालय सुधारका लागि आग्रह: अध्ययन वातावरणमा देखिएका बेथितिहरूको चाङ
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
singel sidbar banner
singel sidbar banner 2