singel post top banner

गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष १२, २०८२
248 Views
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
समाचार सारांश
  • काठमाडौं — स्थानीय उत्पादन प्रवर्द्धन र सस्तो तथा गुणस्तरयुक्त वस्तुहरूको प्रचारप्रसारका लागि गोङ्गबुमा कृषि मेला आयोजना गरिएको छ।
  • यस मेलाको आयोजना काठमाडौँ महानगरपालिका वडा २६ को सहयोग, रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको संयुक्त प्रयासमा भएको हो।

काठमाडौं — स्थानीय उत्पादन प्रवर्द्धन र सस्तो तथा गुणस्तरयुक्त वस्तुहरूको प्रचारप्रसारका लागि गोङ्गबुमा कृषि मेला आयोजना गरिएको छ। यस मेलाको आयोजना काठमाडौँ महानगरपालिका वडा २६ को सहयोग, रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको संयुक्त प्रयासमा भएको हो।

मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति र वडाध्यक्ष ख्यामराज तिवारीले भने, “स्थानीयस्तरमा उत्पादित वस्तुहरूको प्रवर्द्धन गर्न र गाउँगाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउन यस प्रकारका मेलाहरू महत्वपूर्ण हुन्छन्।”

रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले बताए अनुसार, मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, परम्परागत कपडा, सातु, सुन्तलाका साथै अन्य परम्परागत उत्पादनहरू प्रदर्शनी र व्यापारका लागि राखिएको छ।

मेलामा ५५ जिल्लाका उत्पादनहरू समेटिएका छन्, जसले विभिन्न क्षेत्रका कृषक र उत्पादनकर्तालाई आफ्नो वस्तु प्रस्तुत गर्न र उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरयुक्त वस्तु खरिद गर्न मौका दिएको छ।

उपभोक्ताहरूले यहाँबाट ताजा र स्थानिय उत्पादनहरू किन्ने अवसर पाएका छन् र यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ। यो मेलाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै गाउँगाउँको व्यवसायिकता र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषाको बटेश्वर गाउँपालिकाका नवनिर्मित विद्यालय भवन चर्किन थाले, गुणवत्ताको अभाव र प्राविधिक त्रुटि पुष्टि
धनुषाको बटेश्वर गाउँपालिकाका नवनिर्मित विद्यालय भवन चर्किन थाले, गुणवत्ताको अभाव र प्राविधिक त्रुटि पुष्टि
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू
हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू
पोखरामा बिजुलीको तार भूमिगत गर्ने कार्य तीव्र, ६५ प्रतिशत काम सम्पन्न
पोखरामा बिजुलीको तार भूमिगत गर्ने कार्य तीव्र, ६५ प्रतिशत काम सम्पन्न
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?