singel post top banner

अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, भाद्र १८, २०८३
51 Views
अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
समाचार सारांश
  • सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
  • बिहीबार गरिएको कारबाहीमा यादवलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। बिहीबार गरिएको कारबाहीमा यादवलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

इटहरी वितरण केन्द्रमा कार्यरत सातौँ तहका इन्जिनियर यादवलाई एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडानको लागि सहजीकरण गरिदिएबापत घुस माग गरेको उजुरी आयोगमा परेको थियो। उजुरीको आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई इटहरी उपमहानगरपालिका वडानम्बर ९ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने समयमा यादवको साथबाट ५० हजार रुपैयाँ नगद र स्रोत नखुलेको १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ। उनलाई भदौ १७ गते नियन्त्रणमा लिइएको र थप अनुसन्धान सुरु गरिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्, “पक्राउ परेका यादवमाथि घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ।” अहिले उनले हिरासतमा राखिएको र विस्तृत अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।

यस घटनाले भ्रष्टाचारविरुद्धको अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशको आगामी बजेट २०८३/८४ का समस्या समाधानका लागि कार्यदल गठन
मधेश प्रदेशको आगामी बजेट २०८३/८४ का समस्या समाधानका लागि कार्यदल गठन
विजयादशमीमा प्रधानमन्त्री बालेनको आह्वान: भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट बनौँ
विजयादशमीमा प्रधानमन्त्री बालेनको आह्वान: भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट बनौँ
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
सर्वोच्चको अन्तरिम आदेश पालना गर्न ट्रक व्यवसायीलाई संघीय र प्रदेश सरकारलाई महासंघको आग्रह
सर्वोच्चको अन्तरिम आदेश पालना गर्न ट्रक व्यवसायीलाई संघीय र प्रदेश सरकारलाई महासंघको आग्रह
प्रधानमन्त्री बालेन शाहले बाढी पीडित उद्धारका लागि आपतकालीन बैठक बोलाए
प्रधानमन्त्री बालेन शाहले बाढी पीडित उद्धारका लागि आपतकालीन बैठक बोलाए
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको समस्या: दुःख र लापरबाहीको कथा
सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको समस्या: दुःख र लापरबाहीको कथा
नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र खाद्य सुरक्षाको चुनौति
नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र खाद्य सुरक्षाको चुनौति
singel sidbar banner
singel sidbar banner 2