singel post top banner

रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
52 Views
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलोग्राम सुनका गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ।

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलोग्राम सुनका गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटबाट बुधबार राति काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेल पक्राउ परेकी हुन्।

भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। बरामद गरगहनाको सिद्धार्थनगरका सुनचाँदी व्यवसायीबाट परीक्षण गराउँदा तौल एक किलोग्राम रहेको पुष्टि भएको डीएसपी थापाले बताए।

सशस्त्र प्रहरीका अनुसार बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ छ। पटेललाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता
सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
मालवस्तु ढुवानीमा शुल्क नलाग्ने, सरकारको नयाँ आदेश जारी
मालवस्तु ढुवानीमा शुल्क नलाग्ने, सरकारको नयाँ आदेश जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?