वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
- वीरगञ्ज ।
- पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवासकुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






