टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
- काठमाडौँ ।
- सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौँ । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ घर भएका २० वर्षीय राजु यादव उर्फ ‘क्रिमिनल’ छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालका अनुसार यादवले समाजमा हिंसा फैलाउन उक्साउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच पुर्याउने खालका भिडियो बनाएर टिकटकमा पोस्ट गरेका थिए।
डीएसपी खनालले यादवलाई असोज २७ गते जनकपुरधाम उपमहानगरपालिका–९ बाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनले आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने गरेको पनि खुलेको छ।
यसअघि सामाजिक सञ्जालको दुरुपयोग गरी यस्तै गतिविधि गरेको आरोपमा धनुषा प्रहरीले अन्य चार जनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






