पिजफायर सञ्चालक मनोज खत्री केराबारीको धारापानी जंगलमा मृत फेला
- विराटनगर ।
- विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।
विराटनगर । विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार खत्री शनिबार अपराह्न जंगलको बीचमा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ।
खत्री कहिलेकाहीँ केराबारी जाने गरेको खुले पनि उनको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव फेला पर्दा परिवारका सदस्य भारतमा थिए। आफन्तले शनिबार राति शवको पहिचान गरेको प्रहरीले बताएको छ।
लामो समय वैदेशिक रोजगारीमा बिताएका खत्री स्वदेश फर्किएपछि विराटनगरको सेन्ट्रल मलबाट ‘पिजफायर’ सुरु गरेका थिए। पछि काठमाडौं र मोरङको विराटचोकमा पनि यसको शाखा विस्तार गरेका थिए। पछिल्लो समय उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।
विराटनगरमा आधुनिक पिज्जा संस्कृतिको सुरुवात र लोकप्रियतामा खत्रीको योगदान रहेको स्थानीय व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






