singel post top banner

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा: सर्वोच्चको परमादेशपछि विश्वासको मत नलिँदै पदबाट हटे

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १७, २०८२
211 Views
मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा: सर्वोच्चको परमादेशपछि विश्वासको मत नलिँदै पदबाट हटे
समाचार सारांश
  • काठमाडौँ ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अन्ततः पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अन्ततः पदबाट राजीनामा दिएका छन्। बुधबार विश्वासको मत लिने उद्देश्यले बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सर्वोच्च अदालतको परमादेशपछि यादव राजनीतिक दबाबमा परेका थिए।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। सोही आदेशअनुसार बिहानै प्रदेशसभा बैठक बोलाइए पनि सत्तारूढ गठबन्धनका केही सांसदहरू अनुपस्थित भएपछि बैठक दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो।

पुनः बसेको बैठकमा विश्वासको मत नपाउने परिस्थिती स्पष्ट बनेपछि मुख्यमन्त्री यादवले सभामुखको अनुमति लिएर पदबाट राजीनामा घोषणा गरे। उनले वर्तमान राजनीतिक अवस्थाले आफूलाई विश्वासको मत हासिल गर्ने स्थिति नभएको बताएका थिए।

यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनकी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रदेशकै सात दलका सांसदहरू सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले विपक्षी दलहरूको दाबीलाई प्राथमिकता दिँदै विश्वासको मत लिने आदेश जारी गरेको थियो।

यादवको राजीनामासँगै मधेस प्रदेशमा फेरि नयाँ सत्ता व्यवस्थापनका लागि राजनीतिक चलहल चल्न थालेको छ। अब नयाँ सरकार गठनका लागि संविधानिक प्रक्रियाअनुसार दलहरू सक्रिय हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज पनि सुनचाँदीको मूल्य नयाँ उच्चतम स्तर तर्फ
आज पनि सुनचाँदीको मूल्य नयाँ उच्चतम स्तर तर्फ
सिन्धमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु
सिन्धमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
लागूऔषध गाँजा जस्तो देखिने करिब 4 किलो 284 ग्राम सहित दुई भारतीय पक्राउ
लागूऔषध गाँजा जस्तो देखिने करिब 4 किलो 284 ग्राम सहित दुई भारतीय पक्राउ
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
ओखलढुङ्गामा लुटपाट र हत्या: चार जनाको गिरोहलाई प्रहरीले पक्राउ, क्रूरतापूर्वक हत्या र लुटपाटका घटना सार्वजनिक
ओखलढुङ्गामा लुटपाट र हत्या: चार जनाको गिरोहलाई प्रहरीले पक्राउ, क्रूरतापूर्वक हत्या र लुटपाटका घटना सार्वजनिक
काठमाडौँ उपत्यकाबाट चोरी भएका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ
काठमाडौँ उपत्यकाबाट चोरी भएका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?