singel post top banner

रौतहटमा भन्सार छलीका १२ मोबाइलसहित भारतीय नागरिक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन २०, २०८३
48 Views
रौतहटमा भन्सार छलीका १२ मोबाइलसहित भारतीय नागरिक पक्राउ
समाचार सारांश
  • रौतहट ।
  • रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालित बोर्डर एक्सन टिम (बीएटी) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयको गेटअगाडि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाएर ल्याइँदै गरेका मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार बरामद मोबाइलको अनुमानित मूल्य करिब दुई लाख रुपैयाँ छ।

प्रहरीले मोबाइलसहित भारतको सीतामढी जिल्ला, असोगी ग्राम वडा नं. ४ का करिब ४१ वर्षीय अमरनाथ चौधरीलाई नियन्त्रणमा लिएको हो। चौधरी र बरामद मोबाइल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू: यस्ता छन्
मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू: यस्ता छन्
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
नेपालमा अभूतपूर्व विपद् अवस्था र जटिल उद्धार कार्य: प्रोफेसर अर्नोल्ड डिक्सको अभिव्यक्ति
नेपालमा अभूतपूर्व विपद् अवस्था र जटिल उद्धार कार्य: प्रोफेसर अर्नोल्ड डिक्सको अभिव्यक्ति
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?