singel post top banner

ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
34 Views
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • सरकारले ऊर्जा बचतको लक्ष्यभन्दा बढी बचत गर्ने उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई त्यसको प्रमाणपत्र बिक्री गर्न दिने व्यवस्था प्रस्ताव गरेको छ।

काठमाडौं । सरकारले ऊर्जा बचतको लक्ष्यभन्दा बढी बचत गर्ने उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई त्यसको प्रमाणपत्र बिक्री गर्न दिने व्यवस्था प्रस्ताव गरेको छ। लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानले भने अपुग ऊर्जा बचत बराबरको प्रमाणपत्र खरिद गर्नुपर्नेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन्। विधेयकको दफा ९ मा ऊर्जा बचत योजना र त्यसमा सहभागी हुने प्रतिष्ठानका लागि प्रमाणपत्र तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकअनुसार केन्द्रले सम्बन्धित क्षेत्रका व्यावसायिक प्रतिष्ठानसँग परामर्श गरी प्रति इकाइ वस्तु वा सेवा उत्पादन गर्दा हुने ऊर्जा खपत घटाउने योजना बनाउनेछ। प्रतिष्ठानको प्रकृतिअनुसार फरक लक्ष्य तोक्न सकिनेछ।

योजनामा ऊर्जा बचतको न्यूनतम तथा अधिकतम लक्ष्य, लक्ष्य हासिल गर्ने उपाय, त्यसका लागि लाग्ने समय र बचत कायम रहने अवधि समावेश गरिनेछ। साथै, लक्ष्यभन्दा बढी बचत भएमा प्रमाणपत्र जारी गर्ने आधार, बचत गर्ने प्रतिष्ठानलाई दिइने प्रोत्साहन र लक्ष्य पूरा गर्न नसकेमा तिर्नुपर्ने क्षतिपूर्तिको व्यवस्था पनि योजनामा राखिनेछ।

ऊर्जा बचत योजनामा सम्बन्धित व्यावसायिक प्रतिष्ठान वा क्षेत्र सहभागी हुनुपर्ने प्रस्ताव विधेयकमा छ। निर्धारित लक्ष्य पूरा भए–नभएको मूल्यांकन ऊर्जा परीक्षकको प्रतिवेदनका आधारमा केन्द्रले गर्नेछ।

लक्ष्यभन्दा बढी ऊर्जा बचत गर्ने प्रतिष्ठानलाई बचतको परिमाणअनुसार प्रमाणपत्र दिइनेछ। त्यस्तो प्रमाणपत्र अन्य प्रतिष्ठानलाई बिक्री गर्न सकिनेछ। लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानले अपुग लक्ष्य बराबरको प्रमाणपत्र बढी बचत गर्ने प्रतिष्ठानबाट खरिद गरी आफ्नो लक्ष्य पूरा गर्नुपर्नेछ।

प्रमाणपत्र खरिद गरेपछि पनि लक्ष्य पूरा हुन नसकेमा सम्बन्धित प्रतिष्ठानले ऊर्जा बचत योजनामा तोकिएअनुसारको क्षतिपूर्ति केन्द्रमा बुझाउनुपर्ने व्यवस्था विधेयकको दफा ९ को उपदफा ७ मा प्रस्ताव गरिएको छ।

विधेयकमा ‘ऊर्जा’ भन्नाले जलविद्युत्, खनिज तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य नवीकरणीय तथा अनवीकरणीय स्रोतबाट उत्पादित विद्युतीय वा तापीय ऊर्जालाई सम्झनुपर्ने उल्लेख छ। ‘ऊर्जा संरक्षण’ भन्नाले ऊर्जाको अनावश्यक प्रयोग कटौती गर्ने कार्यलाई जनाइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
अमेरिका मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ को मृत्यु र ५ जना घाइते
अमेरिका मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ को मृत्यु र ५ जना घाइते
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा समेत उछाल
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा समेत उछाल
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
भोजपुरमा सडक विस्तारले जग्गा सरकारीकरण नहुँदा स्थानीय नागरिकहरू दोहोरो मारमा
भोजपुरमा सडक विस्तारले जग्गा सरकारीकरण नहुँदा स्थानीय नागरिकहरू दोहोरो मारमा
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
singel sidbar banner
singel sidbar banner 2