singel post top banner

मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
बिहिबार, कार्तिक १३, २०८२
187 Views
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
समाचार सारांश
  • काठमाडौं – प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ।
  • मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानहरू प्रभावित भएका हुन्।

काठमाडौं – प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानहरू प्रभावित भएका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, आजको दिनमा आन्तरिक उडानहरूमा केही डाइभर्ट भएका छन् भने केही उडानहरू स्थगित भएका छन्। उनले बताए, “प्रतिकूल मौसमका कारण आज केही उडानहरू डाइभर्ट भएका छन्। भरतपुर र तुम्लिङटार विमानस्थलको उडान स्थगित गरिएको छ। पोखरा विमानस्थलको आगमन सेवा बन्द रहेको छ भने, ‘डिपार्चर’ मात्रै सञ्चालनमा आएको छ।”

प्रवक्ता शेर्पाका अनुसार, विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान पनि डाइभर्ट भएको छ। उनले भने, “विराटनगरबाट काठमाडौं जाने विमानलाई अहिले डाइभर्ट गरिएको छ।” त्यस्तै, अन्तर्राष्ट्रियतर्फ उडानहरू पनि प्रभावित भएका छन्। नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। साथै, इन्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट भएको छ भने, एयर इण्डियाको विमान लखनउ डाइभर्ट भएको जानकारी प्रवक्ता शेर्पाले दिए।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको र ‘इनरुट वेदर’ बिग्रिएर आन्तरिक उडानहरूमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ। यसका कारण केहि उडानहरू स्थगित र डाइभर्ट गर्नुपरेको हो।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ। उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै गएको महाशाखाले जनाएको छ।

मौसम महाशाखाले जानकारी दिएको छ, ‘मोन्था’ प्रणालीको प्रभावले आजदेखि कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अपेक्षा गरिएको छ। यस प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।

यस मौसम प्रणालीको कारणले मुलुकभर जटिलता बढ्ने सम्भावना रहेकाले सबैले सचेत रहन र आवश्यक तयारी गर्न महाशाखाले सुझाव दिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
राष्ट्रपति पौडेलले नेपाललाई समृद्ध बनाउन नवीन सोच र नेतृत्वको माग गर्नुभयो
राष्ट्रपति पौडेलले नेपाललाई समृद्ध बनाउन नवीन सोच र नेतृत्वको माग गर्नुभयो
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका सांसदहरूसँग छलफल
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका सांसदहरूसँग छलफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?