सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद
- सुर्खेत ।
- प्रहरीले सुर्खेतका विभिन्न जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद गरेको छ।
सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार शुक्रबार पश्चिम सुर्खेतका चौकुने र बराहताल गाउँपालिकाका जंगलमा लुकाइछिपाइ राखिएका बन्दुक फेला परेका हुन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमान्डमा खटिएको टोलीले चौकुने गाउँपालिका–७, सान्नेघारीस्थित जंगलबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको थियो।
त्यस्तै, चौकुने गाउँपालिका–१, धामिसेनस्थित जंगलबाट १२ थान बन्दुक फेला परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी रानिघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ स्थित ज्यामिरे जंगलबाट थप एक थान बन्दुक बरामद गरेको हो। बरामद भएका बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोहोराले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






