singel post top banner

काठमाडौं सहित सम्पूर्ण नेपालमा तीन महिनामा लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता, ३,३१६ कारोबारी पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, श्रावण १८, २०८३
92 Views
काठमाडौं सहित सम्पूर्ण नेपालमा तीन महिनामा लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता, ३,३१६ कारोबारी पक्राउ
समाचार सारांश
  • काठमाडौं – पछिल्लो तीन महिनामा नेपालभरि लागूऔषधको कारोबार नियन्त्रणमा राख्न प्रहरीको सक्रियता व्यापक रुपमा देखिएको छ।
  • वैशाखदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयहरूको अनुगमन र अभियानका क्रममा ३,३१६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको छ।

काठमाडौं – पछिल्लो तीन महिनामा नेपालभरि लागूऔषधको कारोबार नियन्त्रणमा राख्न प्रहरीको सक्रियता व्यापक रुपमा देखिएको छ। वैशाखदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयहरूको अनुगमन र अभियानका क्रममा ३,३१६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूमध्ये काठमाडौं उपत्यकाबाट ५११ जना, कोशी प्रदेशबाट ७१३ जना, मधेश प्रदेशबाट २५५ जना, बागमती प्रदेशबाट ४२८ जना, गण्डकी प्रदेशबाट १८९ जना, लुम्बिनी प्रदेशबाट ५११ जना, कर्णाली प्रदेशबाट १२१ जना र सुदूरपश्चिम प्रदेशबाट ४५७ जना रहेका छन्। साथै लागूऔषध नियन्त्रण ब्यूरोबाट पनि १३१ जना पक्राउ परेका हुन्।

यस अवधिमा अवैध लागूऔषधहरूको बरामदगी उल्लेखनीय छ। गाँजा ८,६३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम, चरेस ३१ किलो १६८ ग्राम ६ सय ७१ मिलिग्राम, कोकिन ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम, हेरोइन ११ किलो ८ सय ९४ ग्राम १६५ मिलिग्राम, अफिम १ सय २७ किलो १६० ग्राम १३७ मिलिग्राम, पोलेन २१ किलो ६ सय ४६ ग्राम, र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेटहरू, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल र फेनारगन १६ हजार ६ सय ५४ एम्पुल समेत बरामद भएका छन्।

प्रहरीले लागूऔषध कारोबार र यससँग सम्बन्धित आपराधिक गतिविधिहरूलाई रोक्नका लागि कानुनी प्रक्रिया अघि बढाइरहेको छ। साथै, समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

प्रहरीको यस अभियानले लागूऔषधको अवैध कारोबारलाई पूर्ण रुपमा रोक्न दिशा देखाएको छ भने समाज र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक प्रभावहरूलाई न्यून गर्न सघाउने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
स्ट्रेट अफ होर्मुजको समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
स्ट्रेट अफ होर्मुजको समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
आयोगले नयाँ व्यवस्था लागू, खर्च पारदर्शिता सुनिश्चित गर्न बैंक र वित्तीय संस्थाबाट गर्नुपर्ने
आयोगले नयाँ व्यवस्था लागू, खर्च पारदर्शिता सुनिश्चित गर्न बैंक र वित्तीय संस्थाबाट गर्नुपर्ने
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र खाद्य सुरक्षाको चुनौति
नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र खाद्य सुरक्षाको चुनौति
रवि र छविको मुद्दामा बहस सकियो; उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न
रवि र छविको मुद्दामा बहस सकियो; उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न
सिरहामा विद्युत् सर्ट हुँदा दुई स्थानमा आगलागी, चार पशुचौपाया सहित गोठघर नष्ट
सिरहामा विद्युत् सर्ट हुँदा दुई स्थानमा आगलागी, चार पशुचौपाया सहित गोठघर नष्ट
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
रास्वपा केन्द्रीय समिति बैठकले नयाँ अनुशासन प्रमुख र पुरानै नेतृत्व कायम गर्दै महत्वपूर्ण निर्णयहरू गरेको
रास्वपा केन्द्रीय समिति बैठकले नयाँ अनुशासन प्रमुख र पुरानै नेतृत्व कायम गर्दै महत्वपूर्ण निर्णयहरू गरेको
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?