काठमाडौं सहित सम्पूर्ण नेपालमा तीन महिनामा लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता, ३,३१६ कारोबारी पक्राउ
- काठमाडौं – पछिल्लो तीन महिनामा नेपालभरि लागूऔषधको कारोबार नियन्त्रणमा राख्न प्रहरीको सक्रियता व्यापक रुपमा देखिएको छ।
- वैशाखदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयहरूको अनुगमन र अभियानका क्रममा ३,३१६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको छ।
काठमाडौं – पछिल्लो तीन महिनामा नेपालभरि लागूऔषधको कारोबार नियन्त्रणमा राख्न प्रहरीको सक्रियता व्यापक रुपमा देखिएको छ। वैशाखदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयहरूको अनुगमन र अभियानका क्रममा ३,३१६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूमध्ये काठमाडौं उपत्यकाबाट ५११ जना, कोशी प्रदेशबाट ७१३ जना, मधेश प्रदेशबाट २५५ जना, बागमती प्रदेशबाट ४२८ जना, गण्डकी प्रदेशबाट १८९ जना, लुम्बिनी प्रदेशबाट ५११ जना, कर्णाली प्रदेशबाट १२१ जना र सुदूरपश्चिम प्रदेशबाट ४५७ जना रहेका छन्। साथै लागूऔषध नियन्त्रण ब्यूरोबाट पनि १३१ जना पक्राउ परेका हुन्।
यस अवधिमा अवैध लागूऔषधहरूको बरामदगी उल्लेखनीय छ। गाँजा ८,६३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम, चरेस ३१ किलो १६८ ग्राम ६ सय ७१ मिलिग्राम, कोकिन ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम, हेरोइन ११ किलो ८ सय ९४ ग्राम १६५ मिलिग्राम, अफिम १ सय २७ किलो १६० ग्राम १३७ मिलिग्राम, पोलेन २१ किलो ६ सय ४६ ग्राम, र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेटहरू, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल र फेनारगन १६ हजार ६ सय ५४ एम्पुल समेत बरामद भएका छन्।
प्रहरीले लागूऔषध कारोबार र यससँग सम्बन्धित आपराधिक गतिविधिहरूलाई रोक्नका लागि कानुनी प्रक्रिया अघि बढाइरहेको छ। साथै, समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
प्रहरीको यस अभियानले लागूऔषधको अवैध कारोबारलाई पूर्ण रुपमा रोक्न दिशा देखाएको छ भने समाज र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक प्रभावहरूलाई न्यून गर्न सघाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






