रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
- रामेछाप ।
- चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन्।
रामेछाप । चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन्।
प्रतिवादी मैया कार्कीले बयानका क्रममा आफूले चोरी गरेका सुनका गहना उनीहरूले सञ्चालन गरेका पसलमा बिक्री गरेको खुलासा गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अस्मिता श्रेष्ठ माझीको जाहेरीका आधारमा शुक्रबार मन्थली नगरपालिका–१, कटहरबोटबाट दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ स्थित दीप लक्ष्मी सुनचाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाईली र सोही स्थानको सुविना सुनचाँदी पसलकी सञ्चालक २८ वर्षीया कनिषा विश्वकर्मा छन्।
प्रहरीले रसाईलीको पसलबाट पीडितको कानबाट झिकिएको ४२ लाल २ प्वाइन्ट तौलका सुनका दुईवटा रिङ बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






