singel post top banner

धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन २७, २०८२
177 Views
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
समाचार सारांश
  • सुनसरी — धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको छ।
  • आगलागीका कारण तीनवटा बस जलेर पूर्णरूपमा नष्ट भएका छन् भने अन्य तीनवटा बसमा आंशिक क्षति पुगेको छ।

सुनसरी — धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको छ। आगलागीका कारण तीनवटा बस जलेर पूर्णरूपमा नष्ट भएका छन् भने अन्य तीनवटा बसमा आंशिक क्षति पुगेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, आगलागीको कारण तार सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार, कृष्ण बस को. १ख ६२७४ नम्बरको बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, र बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको पुष्टि भएको छ। अन्य बसहरू, को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ र बा. ५ ख ५८०९ नम्बरको बसमा आंशिक क्षति पुगेको छ।

डीएसपी चन्द्र खड्का अनुसार, आगलागीको कारण अनुसन्धान भइरहेको छ। उनले बताए, “प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन। बसभित्रै तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ। सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि देखिएको छैन। थप अनुसन्धान जारी छ।”

उनका अनुसार, को. १ ख ६२७४ नम्बरको बसबाट आगो सुरु भएको थियो। यो बस विराटनगर–धरान रुटमा चल्दै आएको थियो र एक महिनाअघि पनि यसै बसमा आगलागी भएको थियो। “विराटनगर–धरान रुटमा चल्ने ६२७४ नम्बरको बसमा पहिले पनि आगलागी भएको थियो। राति ९ बजेतिर यो बस ग्यारेजमा प्रवेश गरेको देखिन्छ र साढे ९ बजेबाट आगलागी सुरु भएको थियो। प्रहरीलाई करिब १० बजे मात्रै जानकारी प्राप्त भएको थियो,” उनले भने।

पुलिस र आगो नियन्त्रण टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यस घटनाले यात्रु र ग्यारेज मालिकहरूमा त्रास फैलाएको छ। आगलागीको कारण र क्षतिको पूर्ण विवरण पत्ता लाग्न अझै केही समय लाग्ने देखिन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ओडिसामा भीषण आगलागी: कटकको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा १०को मृत्यु
ओडिसामा भीषण आगलागी: कटकको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा १०को मृत्यु
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
पाल्पामा टिपर दुर्घटना, एक व्यक्तिको मृत्यु
पाल्पामा टिपर दुर्घटना, एक व्यक्तिको मृत्यु
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?