singel post top banner

सुस्तामा नारायणीको बाढी: १६५ घर डुबानमा, बस्ती उच्च जोखिममा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
54 Views
सुस्तामा नारायणीको बाढी: १६५ घर डुबानमा, बस्ती उच्च जोखिममा
समाचार सारांश
  • बुटवल ।
  • पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पस्दा १६५ घर डुबानमा परेका छन्।

बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पस्दा १६५ घर डुबानमा परेका छन्। नदीको जलस्तर बढिरहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको स्थानीयले बताएका छन्।

शुक्रबारदेखि थारू टोलमा पस्न थालेको बाढीले त्यहाँका ७८ घरपरिवार प्रभावित भएपछि उनीहरूलाई सुस्तामै रहेको होल्डिङ सेन्टरमा सारिएको सशस्त्र प्रहरी बेस क्याम्प सुस्ताका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए। शुक्रबार राति सैनिक टोल र बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

नदीको बहाव अझै बढ्ने क्रममा रहेकाले प्रभावित परिवारलाई नारायणी नदीपारि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको खातीले बताए। कच्ची घरमा बाढी पसेपछि स्थानीयवासीको बिचल्ली भएको छ।

शनिबार बिहान ७ बजे गण्डक ब्यारेजमा गरिएको मापनअनुसार नारायणी नदीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ। नदीले धार परिवर्तन गरी सुस्तातर्फ बग्न थालेपछि बहाव १ लाख क्युसेक पुग्नेबित्तिकै बस्तीमा बाढी पस्ने गरेको वडा सदस्य आदम खानले बताए। जलस्तर निरन्तर बढिरहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको उनको भनाइ छ।

निर्माणाधीन तटबन्ध भारतीय पक्षले रोकेपछि १३२ मिटर भागमा तटबन्ध बन्न बाँकी रहेको र त्यहीँबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बाबु खानले बताए। बाढीले बस्तीका साथै उखुखेतीमा पनि क्षति पुर्‍याएको उनले गुनासो गरे।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा रहेका परिवारलाई उद्धार गर्नुपर्ने अवस्था आए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
“रास्वपा ऐतिहासिक सफलता: नेपालको संसदीय निर्वाचनमा नयाँ रेकर्ड कायम”
“रास्वपा ऐतिहासिक सफलता: नेपालको संसदीय निर्वाचनमा नयाँ रेकर्ड कायम”
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
गृह मन्त्रालयको निर्णयविपरीत जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी नियुक्ति
गृह मन्त्रालयको निर्णयविपरीत जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी नियुक्ति
चितवनकी पत्रकार संगिता बानियाँको निधन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
singel sidbar banner
singel sidbar banner 2