singel post top banner

महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन २०, २०८२
188 Views
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
समाचार सारांश
  • महोत्तरी ।
  • महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५, ढकिया टोलस्थित एक इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ।

महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५, ढकिया टोलस्थित एक इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टका अनुसार, लुकाइछिपाइ राखिएको उक्त मदिराजन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, इँटाभट्टाबाट ३ कार्टुन अर्ना बियर, ७ कार्टुन कर्णाली गोल्ड, ३ कार्टुन ब्रिक्स वाइन र १७ बोत्तल ब्ल्याक ओके मदिराजन्य पदार्थ जफत गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रुपमा सम्पन्न गर्न फाल्गुन १४ गतेदेखि नै मदिरा बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा ठूला मात्रामा मदिराजन्य पदार्थ भेटिएपछि प्रहरीले जफत गरेको हो।

प्रहरीका अनुसार, उक्त इँटाभट्टामा करिब २५० जना मजदुरको कार्यरत रहेको र त्यहाँ कुनै पार्टीको झण्डा वा प्रचार सामग्री भेटिएको छैन। प्रहरीले भने, बरामद मदिराजन्य पदार्थलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

यस घटना संगै, महोत्तरी जिल्लामा निर्वाचनको सुरक्षा र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न थप कडाइका साथ निगरानी भइरहेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक पूर्णरूपले अवरुद्ध, यातायात सेवा प्रभावित
तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक पूर्णरूपले अवरुद्ध, यातायात सेवा प्रभावित
काभ्रेमा बस दुर्घटना: बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु , सडक अवरुद्ध
काभ्रेमा बस दुर्घटना: बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु , सडक अवरुद्ध
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि एक्सपर्ट एजुकेशनको एजुकेशनल कन्सलटेन्सी पार्टनरको रूपमा सहकार्य
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि एक्सपर्ट एजुकेशनको एजुकेशनल कन्सलटेन्सी पार्टनरको रूपमा सहकार्य
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?