singel post top banner

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष ९, २०८२
216 Views
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
समाचार सारांश
  • काठमाडौं — नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दायर भएको पूरक रिटमा आज सर्वोच्च अदालतले पेसी तोकेको छ।
  • संवैधानिक इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएकाले राजनीतिक क्षेत्रको चासो बढेको छ।

काठमाडौं — नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दायर भएको पूरक रिटमा आज सर्वोच्च अदालतले पेसी तोकेको छ। संवैधानिक इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएकाले राजनीतिक क्षेत्रको चासो बढेको छ।

रिटमा नेपाली कांग्रेसका ६५ (पहिलेका ८ सहित), जनता समाजवादी पार्टी (जसपा) का हसिना खातुन, गोमा लाभ, अशोक राई, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र अन्य तीन निवर्तमान सांसदहरूले हस्ताक्षरसहित समर्थन गरेका छन्। उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै यस मुद्दालाई संवैधानिक इजलासमा राखिएको हो।

पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मङ्गलबार सर्वोच्चमा रिट दायर गरेका थिए। यसमा उनले प्रतिनिधिसभा पुनर्स्थापना र त्यससँग सम्बन्धित निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन्। पूरक निवेदनमा भनिएको छ— “असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीलाकारी कार्की र उनी नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन अवैध हुने कारणले सम्पूर्ण कामकाज र प्रक्रिया रोक्नुपर्छ।”

यसअघि, मंसिर २३ गते कांग्रेसका ८ सांसदले संसद पुनर्स्थापना गर्न रिट दायर गरेका थिए। सो मुद्दामा संवैधानिक इजलासले पुस २ गते कारण देखाउ आदेश जारी गरेको थियो। साथै, एमालेका ७५ सांसदहरूले मंसिर १० गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएका थिए। प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसँग लिखित जवाफ मागिएको छ।

अहिलेसम्म, कांग्रेस, एमाले र अन्य दलका गरी १४३ जना सांसदहरूले संसद पुनर्स्थापना गर्न माग गर्दै रिट दर्ता गराएका छन्। यस मुद्दाको निर्णयले नेपालको राजनीतिक स्थिरता र आगामी निर्वाचन प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
जनकपुरधाम उद्योग वाणिज्य संघले अध्यक्षमाथि प्रहरी दमनको विरोधमा चरणबद्ध आन्दोलन घोषणा
जनकपुरधाम उद्योग वाणिज्य संघले अध्यक्षमाथि प्रहरी दमनको विरोधमा चरणबद्ध आन्दोलन घोषणा
कर्णाली प्रदेशमा सांसदका स्वकीय सचिवहरूको तलब रोकिएपछि राजनीतिक दबाब र निर्णय कार्यान्वयनमा जटिलता
कर्णाली प्रदेशमा सांसदका स्वकीय सचिवहरूको तलब रोकिएपछि राजनीतिक दबाब र निर्णय कार्यान्वयनमा जटिलता
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?