singel post top banner

नेपाली कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, माघ २०, २०८२
155 Views
नेपाली कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो
समाचार सारांश
  • काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ।
  • उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको यस समितिले माघ १ गते सम्पन्न विशेष महाधिवेशनका क्रममा सबै जिल्लालाई जिम्मेवारी बाँडफाँट गरेको हो।

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको यस समितिले माघ १ गते सम्पन्न विशेष महाधिवेशनका क्रममा सबै जिल्लालाई जिम्मेवारी बाँडफाँट गरेको हो।

निर्वाचनको तयारीका लागि कांग्रेसले फागुन २१ का प्रतिनिधिसभा चुनावका लागि कमान्डर तोकेको हो। यसअघि, सभापति गगन थापाको नेतृत्वमा पार्टीले प्रतिनिधिसभा चुनावको घोषणापत्र तयार गर्ने निर्णय गरेको थियो। माघ १ गते ललितपुरको कुपन्डोलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विश्वप्रकाश शर्मा लाइ चुनावी कमाण्डर तोकेको थियो। उनले मंगलबार प्रदेशगत हिसाबले सबै ७७ जिल्लामा जिम्मेवारी बाँडफाँट गरेका छन्।

कुन जिल्लामा को कमाण्डर?

कोशी प्रदेश
– ताप्लेजुङ, पाँचथर, इलाम र झापा: डा. डिला संग्रौला, भीष्मराज आङदम्वे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा
– संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी: अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी
– सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहा: वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी

बागमती प्रदेश
– धादिङ, रसुवा, नुवाकोट र काठमाडौं: बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधान
– काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुर: जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल
– भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवन: अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतम

गण्डकी प्रदेश
– पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ: चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल
– स्याङ्जा, कास्की, मनाङ र नवलपुर: ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल
– गोरखा, लम्जुङ र तनहुँ: अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी

लुम्बिनी प्रदेश
– रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मी: डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह
– कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान र रोल्पा: कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर र केशव आचार्य
– दाङ, बाँके र बर्दिया: चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा विक

कर्णाली प्रदेश
– सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पा: नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमति शाही
– दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला: जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानवहादुर नेपाली र कान्तिका सेजुवाल

सुदूरपश्चिम प्रदेश
– कञ्चनपुर, बैतडी, दार्चुला र बझाङ: हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना
– कैलाली र डडेल्धुरा: जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड

कांग्रेसले यसैक्रममा पार्टीको चुनावी तयारीलाई तीव्रता दिएर सबै जिल्लामा जिम्मेवारी बाँडफाँट गरेको छ। यस कदमले आगामी निर्वाचनमा पार्टीको संगठनात्मक मजबुतता र प्रभावकारिता बढाउने विश्वास गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
Engaged to Die? The Ketan Agrawal Murder Mystery Explained
Engaged to Die? The Ketan Agrawal Murder Mystery Explained
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
रसुवा बाढीमा १२१ जना जलविद्युत् आयोजना सुरुङमा फसेको देखिन्छ, खोजी तथा उद्धार जारी
रसुवा बाढीमा १२१ जना जलविद्युत् आयोजना सुरुङमा फसेको देखिन्छ, खोजी तथा उद्धार जारी
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?