singel post top banner

मधेस प्रदेश सभामुखको लागि आज हुने निर्वाचन, दुई उम्मेदवारबीच प्रतिस्पर्धा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष ६, २०८२
240 Views
मधेस प्रदेश सभामुखको लागि आज हुने निर्वाचन, दुई उम्मेदवारबीच प्रतिस्पर्धा
समाचार सारांश
  • जनकपुर – मधेस प्रदेशसभामा सभामुखको पदका लागि आज निर्वाचन हुने भएको छ।
  • यस पदका लागि दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुर – मधेस प्रदेशसभामा सभामुखको पदका लागि आज निर्वाचन हुने भएको छ। यस पदका लागि दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेशसभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दिएका हुन्।

रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गर्नुभएको थियो भने, यादवको समर्थनमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो रहेका छन्। अर्का उम्मेदवार त्रिलोकी प्रसादको समर्थन जयचन्द्रप्रसाद पटेलले गरेका छन् भने, प्रस्तावकमा शारदा देवी थापा रहेको जानकारी छ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुखको पदका लागि मतदान हुनेछ। बैठकको अन्त्यमा सभामुख निर्वाचित गर्ने प्रस्ताव ल्याउने तयारी रहेको छ। निर्वाचन सम्पन्न भएसँगै नयाँ सभामुख चयन हुने अपेक्षा गरिएको छ।

यस निर्वाचनले प्रदेशसभाको आगामी कार्यसूची निर्धारण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसलाई विशेष रुपमा हेरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
रास्वपाले १८ वर्ष मुनिकालाई सदस्यता वितरण गरेको विषयमा मानवअधिकार आयोगलाई जानकारी दिए
रास्वपाले १८ वर्ष मुनिकालाई सदस्यता वितरण गरेको विषयमा मानवअधिकार आयोगलाई जानकारी दिए
सप्तरीमा तीन वर्षीया बालिका सानिया खातुनको हत्या, प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो
सप्तरीमा तीन वर्षीया बालिका सानिया खातुनको हत्या, प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
अमिताभ बच्चनको स्पष्टीकरण, “म बिल्कुल ठीक छु। मेरो पोस्टलाई गलत बुझियो
अमिताभ बच्चनको स्पष्टीकरण, “म बिल्कुल ठीक छु। मेरो पोस्टलाई गलत बुझियो
कोलकातामा दुर्गा पूजा पण्डाल नजिक भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
कोलकातामा दुर्गा पूजा पण्डाल नजिक भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
होटल र गेस्टहाउसमा अनैतिक क्रियाकलाप विरुद्ध जनकपुरधाममा प्रदर्शन, देहव्यापार रोक्न माग
होटल र गेस्टहाउसमा अनैतिक क्रियाकलाप विरुद्ध जनकपुरधाममा प्रदर्शन, देहव्यापार रोक्न माग
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
मुस्ताङमा अत्यधिक चिसोका कारण विकास कार्य ठप्प
मुस्ताङमा अत्यधिक चिसोका कारण विकास कार्य ठप्प
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?