singel post top banner

सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता

belwo post title ad banner
रासस रासस
बुधबार, माघ ७, २०८२
266 Views
सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता
समाचार सारांश
  • काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।
  • मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो।

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पाँच हजार ९२० रुपैयाँ रहेको छ।

मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो भने चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ थियो। यसअघि आइतबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य पाँच हजार ६२५ रुपैयाँ कायम भएको थियो। त्यसअघि सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यस्तै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, सेतो धातुको मूल्य ९५ अमेरिकी डलर रहेको छ।

आर्थिक विश्लेषकहरूले भनेका छन्, विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन र चाँदीको माग बढेको हो। यसले गर्दा दुबै धातुहरूको मूल्य नयाँ उचाइमा पुगेको हो।

यस वृद्धि संगै नेपालका लगानीकर्ताहरू र स्वर्ण व्यवसायीहरूमा समेत उत्साह देखिएको छ। बजारमा आउने दिनहरूमा सुन र चाँदीको मूल्य कसरी परिवर्तन हुन्छ भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सङ्घीय सांसदको सुविधा कटौतीबारे अर्थमन्त्री खनालको अनभिज्ञता, कानुनमन्त्रीसँग छलफलको आश्वासन
सङ्घीय सांसदको सुविधा कटौतीबारे अर्थमन्त्री खनालको अनभिज्ञता, कानुनमन्त्रीसँग छलफलको आश्वासन
महोत्तरीको रामगोपालपुर नगरपालिकाले ४९ करोड ५५ लाखको नयाँ बजेट घोषणा
महोत्तरीको रामगोपालपुर नगरपालिकाले ४९ करोड ५५ लाखको नयाँ बजेट घोषणा
मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित मार्च प्रभावित, वर्षाका कारण यात्रा चपुरमै रोकिए
मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित मार्च प्रभावित, वर्षाका कारण यात्रा चपुरमै रोकिए
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
नाबालिकाको चरित्रहत्या गर्ने आरोपी पक्राउ, साइबर अपराधमा अनुसन्धान जारी
नाबालिकाको चरित्रहत्या गर्ने आरोपी पक्राउ, साइबर अपराधमा अनुसन्धान जारी
कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद
कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
पशुपतिनाथ क्षेत्रको महाशिवरात्रिमा थुप्रिएका फोहोरमैला सफाइ अभियान
पशुपतिनाथ क्षेत्रको महाशिवरात्रिमा थुप्रिएका फोहोरमैला सफाइ अभियान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?