singel post top banner

सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता

belwo post title ad banner
रासस रासस
बुधबार, माघ ७, २०८२
215 Views
सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता
समाचार सारांश
  • काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।
  • मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो।

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पाँच हजार ९२० रुपैयाँ रहेको छ।

मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो भने चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ थियो। यसअघि आइतबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य पाँच हजार ६२५ रुपैयाँ कायम भएको थियो। त्यसअघि सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यस्तै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, सेतो धातुको मूल्य ९५ अमेरिकी डलर रहेको छ।

आर्थिक विश्लेषकहरूले भनेका छन्, विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन र चाँदीको माग बढेको हो। यसले गर्दा दुबै धातुहरूको मूल्य नयाँ उचाइमा पुगेको हो।

यस वृद्धि संगै नेपालका लगानीकर्ताहरू र स्वर्ण व्यवसायीहरूमा समेत उत्साह देखिएको छ। बजारमा आउने दिनहरूमा सुन र चाँदीको मूल्य कसरी परिवर्तन हुन्छ भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
मटिहानीमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटको प्रस्ताव आज
मटिहानीमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटको प्रस्ताव आज
कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि
चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?