सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको मूल्य केही उतारचढावमा
- काठमाडौं – विवाहको आवस्यकता र शुभ कार्यहरूको बढ्दो मागसँगै नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ।
- चाँदीको मूल्य भने केही उतारचढाव देखिएको छ।
काठमाडौं – विवाहको आवस्यकता र शुभ कार्यहरूको बढ्दो मागसँगै नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। चाँदीको मूल्य भने केही उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ भने सेतो धातु (चाँदी) को मूल्य पाँच हजार ६२५ रुपैयाँ निर्धारण भएको छ।
पछिल्लो समय सुनको मूल्यमा निरन्तर बृद्धि भइरहेको छ। गत बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँ र शुक्रबार दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने बिहीबार पाँच हजार ४८५ र शुक्रबार पाँच हजार ६४५ रुपैयाँ रहेको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलर विनिमय दरमा परिवर्तन र भूराजनीतिक अस्थिरता जस्ता अन्तर्राष्ट्रिय कारणहरूले पनि स्थानीय बजारमा मूल्य प्रभावित भएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज एक औंस सुनको मूल्य चार हजार ५९६ अमेरिकी डलर पुगेको छ भने त्यति नै तौलको चाँदी ९० डलरमा कारोबार भइरहेको छ। नेपालको बजारमा सुन र चाँदीको मूल्य भने हाम्रै आर्थिक र विश्वव्यापी बजारका प्रभावहरूबाट प्रभावित भइरहने क्रम जारी छ। विवाह र शुभ कार्यहरूलाई लक्षित गरी सुनको माग अझै बढ्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






