singel post top banner

नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर ७, २०८२
204 Views
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
समाचार सारांश
  • विराटनगर ।
  • विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया (सर्जरी) गराउँदा इटहरी उपमहानगरपालिका–१, हासपोसाका ७ वर्षीय जेनिश पाठकको दाहिने आँखाको ज्योति गुमेको घटनाले चर्चाको विषय बनेको छ ।

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया (सर्जरी) गराउँदा इटहरी उपमहानगरपालिका–१, हासपोसाका ७ वर्षीय जेनिश पाठकको दाहिने आँखाको ज्योति गुमेको घटनाले चर्चाको विषय बनेको छ । शल्यक्रिया पश्चात् आँखाको भित्री भाग ड्यामेज हुँदा उनको दाहिने आँखा भित्र पसेको तथा दृष्टि लगभग पूर्ण रूपमा नष्ट भएको परिवारले जनाएको छ।

नाकको दाहिने प्वालमा मासु पलाएपछि जेनिशलाई मंसिर ४ गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाह अनुसार मंसिर ५ गते शल्यक्रिया गरियो। शल्यक्रियाको भोलिपल्टै अस्पतालले बालकलाई हतारमा डिस्चार्ज गरेको परिवारको आरोप छ।

जेनिशका मामा श्रीकृष्ण प्रसाईंका अनुसार सर्जरीपछि नै बालकको दाहिने आँखाको ज्योति हराइसकेको थियो, तर अस्पतालले स्थिति लुकाउँदै डिस्चार्ज गरेको दाबी उनकाे छ। “बालकको स्वास्थ्यमाथि गम्भीर लापरबाही भयो। हामीलाई विभाग प्रमुखले सर्जरी गर्छन् भनेका थिए, तर पछि थाहा भयो, सिकारु डाक्टरलाई अपरेशनमा खटाइएको रहेछ,” प्रसाईंले भने।

अस्पतालबाट डिस्चार्ज गरेपछि परिवारले बालकलाई विराटनगर आँखा अस्पताल, रानीमा भर्ना गर्यो। त्यहाँका चिकित्सकले जेनिशको दाहिने आँखाको भित्री भागको हड्डी निकालिँदा गम्भीर चोट लागेको र ज्योति फर्कने सम्भावना २ प्रतिशतभन्दा कम मात्र रहेको निष्कर्ष दिएका छन्। ‘भित्री भागको हड्डी हटाउँदा आँखाको संरचना एक्सपोज भई गम्भीर क्षति पुगेको’ चिकित्सकको भनाइ छ।

लापरबाही मुद्दा उठाउँदै जेनिशका मामा श्रीकृष्ण प्रसाईंले जिल्ला प्रशासन कार्यालय, मोरङमा अस्पताल तथा उपचारमा संलग्न चिकित्सक डा. प्रज्वल श्रेष्ठ र कविराज बास्तोलाविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएका छन्। प्रमुख जिल्ला अधिकारी युवराज कटेलले उजुरीको आधारमा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताए। “बालकको दृष्टि गुमेको विषय अत्यन्त गम्भीर छ। प्रहरीको प्रतिवेदन आएपछि मेडिकल काउन्सिलसँग समन्वय गरी कारबाही अघि बढाइनेछ,” कटेलले भने।

उता, नोबेल मेडिकल कलेज प्रशासनले यस विषयमा प्रतिक्रिया दिन चाहेन। तर शल्यक्रिया सञ्चालन गरेका डा. प्रज्वल श्रेष्ठले ‘लापरबाही नभएको’ दाबी गर्दै यो ‘नाक र आँखाको संरचना नजिकै भएकाले देखिने दुर्लभ कम्लिकेसन’ भएको बताए। “मासु निकाल्दा आँखाको साइटसम्म रोग गएको रहेछ। त्यसैले त्यहाँको बोन पनि निकाल्नुपर्‍यो। त्यसै क्रममा आँखाको भाग एक्सपोज भएर चोट लागेको हो,” उनले स्पष्टिकरण दिए।

तर बालकको रिपोर्ट हेरेका एक अन्य चिकित्सकले भने पूर्वतयारी तथा मूल्यांकनमा कमजोरीका कारण लापरबाही भएको हुनसक्ने टिप्पणी गरे। “शल्यक्रियाअघि जोखिम कहाँसम्म छ भन्ने बुझ्न सकिन्थ्यो। आँखासम्म असर गर्ने सम्भावना देखिएको भए अतिरिक्त सतर्कता अनिवार्य थियो,” उनले बताए।

घटनापछि जेनिशको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको र उनी उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
राष्ट्रिय सभाको बैठक आज बस्दै, विधायन संशोधन र शोक प्रस्तावको महत्वपुर्ण छलफल
राष्ट्रिय सभाको बैठक आज बस्दै, विधायन संशोधन र शोक प्रस्तावको महत्वपुर्ण छलफल
मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी
मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
काठमाडौंदेखि भक्तपुरसम्म सुन लुट्ने गिरोहका ८ जना पक्राउ, कारमा रेकी समूह परिचालनबाट लुटपाटको खुलासा
काठमाडौंदेखि भक्तपुरसम्म सुन लुट्ने गिरोहका ८ जना पक्राउ, कारमा रेकी समूह परिचालनबाट लुटपाटको खुलासा
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?