singel post top banner

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, बैशाख ६, २०८२
493 Views
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
समाचार सारांश
  • आज २०८२ साल वैशाख ६ गते शनिबार।
  • वैशाख कृष्ण पक्षको षष्ठी तिथि।

आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। हरेक काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : आज तपाईंका लागि दिन राम्रो छ। शुभ ग्रह भएकाले सोचेको काम बन्नेछ। आम्दानी बढ्नेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको दिन धेरै नै राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : आज तपाईंका लागि संघर्ष गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम छ। विवादले सताउने हुनसक्छ। शिक्षामा मिहिनेत गरेको भए प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। पुरानो साथीसँग रमाइलो भेट हुनेछ। परिवारको साथ मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कन्या : आज धेरै नै झन्झटको सामना गर्नुपर्नेछ। घरभित्र तनाव हुनेछ। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दैनिकी राम्रो छ। तपाईंको उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज तपाईंलाई जिम्मेवारी थपिनेछन्। सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साह रहनेछ। आफूले नसोचेका मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। ख्यानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

मकर : दिन राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। राम्रो काम गरे पनि जस भने अरुले लिने छन्। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मीन : आज बढी नै झन्झट बढ्नेछ। आफ्नो मान र मर्यादामा आँच आउने जोखिम छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। तपाईंको बोलीको अर्थ उल्टो लगाउने सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
सिराहा–धनुषा सीमामा नयाँ डाइभर्सन र पुल निर्माणले यातायात सहजता बढ्यो
सिराहा–धनुषा सीमामा नयाँ डाइभर्सन र पुल निर्माणले यातायात सहजता बढ्यो
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
आचारसंहिता अनुगमन र निष्पक्ष निर्वाचनका लागि केन्द्रीय सुरक्षा समितिको महत्वपूर्ण निर्णय
आचारसंहिता अनुगमन र निष्पक्ष निर्वाचनका लागि केन्द्रीय सुरक्षा समितिको महत्वपूर्ण निर्णय
विराटनगरमा जेनजी आन्दोलनले ४१ करोडभन्दा बढीको सवारी जले, सरकारको खर्च र व्यवस्थापनको चुनौती बढ्दै
विराटनगरमा जेनजी आन्दोलनले ४१ करोडभन्दा बढीको सवारी जले, सरकारको खर्च र व्यवस्थापनको चुनौती बढ्दै
थाइल्यान्डमा उच्च गतिको रेल दुर्घटना: कम्तीमा २२ को मृत्यु, ८० जना घाइते
थाइल्यान्डमा उच्च गतिको रेल दुर्घटना: कम्तीमा २२ को मृत्यु, ८० जना घाइते
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?