singel post top banner

भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, फाल्गुन ५, २०८२
143 Views
भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता
समाचार सारांश
  • भक्तपुर — भक्तपुर जिल्लामा पछिल्लो एक महिनामा १५२ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।
  • यस अवधिमा प्रहरीले ११० जना अपराधीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ।

भक्तपुर — भक्तपुर जिल्लामा पछिल्लो एक महिनामा १५२ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। यस अवधिमा प्रहरीले ११० जना अपराधीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, माघ महिनामा जघन्य र गम्भीर अपराधका घटनाहरूमा वृद्धि देखिएको हो।

प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए अनुसार, माघ महिनामा दुईवटा जघन्य हत्याका घटना घटेका छन्। यसका अतिरिक्त, लागुऔषध, बहुविवाह, बैंकिङ कसूर, ठगी, चोरी, जुवा र आत्महत्याका मुद्दाहरू पनि दर्ता भएका छन्। उनले थपे, यी घटनामा संलग्न ३२ अपराधीलाई कारागार चलान गरिएको छ भने २ वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तान गराइएको छ। यस क्रममा रु ६७ लाख ४७ हजार ८० रुपैयाँ जरिवाना र बिगो सङ्कलन गरिएको जानकारी दिए।

उहाँले भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित लालमाया तामाङको हत्यामा संलग्न अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुर नगरपालिका–३ बस्ने ३६ वर्षीय लनाम तामाङलाई पक्राउ गरी जेल चलान गरिएको बताए। साथै, मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित डेराकोठामा आफ्नै आमा ५० वर्षीया सरिता भण्डारीको हत्या अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने २७ वर्षीय प्रविन भण्डारीलाई पनि पक्राउ गरी जेलमा राखिएको छ।

महिला हिंसाका घटनाहरूमा ३६ उजुरी परेका मध्ये २६ वटा मिलापत्र भएका छन् भने १० वटाको अनुसन्धान भइरहेको छ। यसैगरी, ३२ जना नागरिक हराएका थिए, तीमध्ये २३ जना फेला परेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ४३ उजुरी मध्ये ३७ वटाको मिलापत्र भईसकेको छ।

सवारीसाधन सम्बन्धी घटनामा, माघ महिनामा २२७ सवारी दुर्घटना भएका छन्। यसमा ३४० वटा सवारीसाधन संलग्न थिए। घटनामा पाँचजनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन्। प्रहरीको उद्धार टोलीले १०० जना घाइतेलाई अस्पताल पुर्‍याएको र १,०६०७ सवारीसाधनलाई कारबाही गरि रु ११ लाख ४२ हजार २०० जरिवाना सङ्कलन गरेको जानकारी दिइएको छ।

प्रहरीले अपराध नियन्त्रण र सुरक्षा बृद्घि गर्नका लागि निरन्तर प्रयास गरिरहेको छ। यस प्रतिवेदनले भक्तपुर जिल्लामा कानून व्यवस्था कायम राख्नका लागि भइरहेको कार्यहरूलाई स्पष्ट देखाउँछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको मूल्य केही उतारचढावमा
सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको मूल्य केही उतारचढावमा
बर्दिवास नगरपालिका वडा नम्बर १३ बालविवाहमुक्त घोषित
बर्दिवास नगरपालिका वडा नम्बर १३ बालविवाहमुक्त घोषित
जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडपपछि चार बुँदे सहमति, आन्दोलन स्थगित
जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडपपछि चार बुँदे सहमति, आन्दोलन स्थगित
मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ
प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ
नयाँ संसद भवनको शिलान्यास र सिंहदरबारमा प्रतिनिधिसभा बैठक फिर्ता
नयाँ संसद भवनको शिलान्यास र सिंहदरबारमा प्रतिनिधिसभा बैठक फिर्ता
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?