singel post top banner

एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
19 Views
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
समाचार सारांश
  • काठमाडौँ ।
  • मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ।

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। यससम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि र खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्न एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रतियोगिताको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट र व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन्। यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन र आधिकारिक तथ्याङ्कमा आधारित खेलजीवनको अभिलेख बनाउन थप अवसर दिनेछ।

एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले नेपाली क्रिकेटमा विशिष्ट पहिचान बनाएको छ। टोलीको सफलताले नेपाली क्रिकेटप्रेमीमाझ यसको लोकप्रियता बढाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई पनि उजागर गरेको छ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, यो सहकार्य केवल जर्सीमा बैंकको लोगो राख्ने विषयमा सीमित छैन। क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा सहयोग गर्ने बैंकको प्रतिबद्धता यस साझेदारीले प्रतिबिम्बित गर्छ। एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ।

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले साझेदारीप्रति खुसी व्यक्त गरे। उनले भने, “समुदायसँग गहिरो सम्बन्ध भएको मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौँ। ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन्।”

खतिवडाले एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन पनि उपाधि जनकपुर फर्काउने लक्ष्य रहेको बताए। आईसीसीको आधिकारिक मान्यताले यो सिजन खेलाडीका लागि थप महत्त्वपूर्ण बनेको उल्लेख गर्दै उनले बैंकको साथले मैदानभित्र र बाहिर टोलीलाई ऊर्जा दिने विश्वास व्यक्त गरे। उनका अनुसार, मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धताल यस सहकार्यले थप बलियो बनाउनेछ।

ग्राहक केन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा योगदान गर्ने अवसरका रूपमा यस साझेदारीलाई लिएको छ। बैंकले आगामी दिनमा ग्राहक, समुदाय र सरोकारवालासँगको सम्बन्ध थप सुदृढ गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
वीरगन्ज भन्सारको आयात र राजस्व वृद्धिका विश्लेषण: विद्युत् र परम्परागत सवारीसाधनको अवस्थिति
वीरगन्ज भन्सारको आयात र राजस्व वृद्धिका विश्लेषण: विद्युत् र परम्परागत सवारीसाधनको अवस्थिति
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
singel sidbar banner
singel sidbar banner 2