singel post top banner

नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको माग : ९ बुँदे मुख्य आवश्यकता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन ७, २०८२
149 Views
नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको माग : ९ बुँदे मुख्य आवश्यकता
समाचार सारांश
  • काठमाडौँ — नेपाल दृष्टिविहीन अपाङ्गता केन्द्रले सरकारसमक्ष ९ बुँदे माग अघि सार्दै आफ्ना आवश्यकताहरु स्पष्ट रूपमा राखेका छन्।
  • रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा दृष्टिविहीन व्यक्तिहरूको पहुँच सुनिश्चित गर्नुपर्ने माग गर्नुभएको हो।

काठमाडौँ — नेपाल दृष्टिविहीन अपाङ्गता केन्द्रले सरकारसमक्ष ९ बुँदे माग अघि सार्दै आफ्ना आवश्यकताहरु स्पष्ट रूपमा राखेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा दृष्टिविहीन व्यक्तिहरूको पहुँच सुनिश्चित गर्नुपर्ने माग गर्नुभएको हो।

माग अनुसार, दृष्टिविहीन व्यक्तिहरूलाई विद्यालय, अस्पताल, रोजगार स्थल लगायतका स्थानहरूमा सहज रूपमा प्रवेश गर्न दिइनु आवश्यक छ। साथै, पार्टी, पौवा, मठमन्दिरजस्ता धार्मिक स्थल र प्रतीक्षालयहरूमा प्रवेश गर्न सहज बनाउने र स्वेच्छाले दान वा सहयोग गर्न चाहने व्यक्तिहरूलाई कुनै रोक लगाउन नपाइने व्यवस्था गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।

साथै, केन्द्रले सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्नुपर्ने आवश्यकतालाई समेत जोड दिएको छ। वर्तमानमा उपलब्ध भत्ता दैनिकी जीवनयापनका लागि पर्याप्त नभएको भन्दै, यसलाई बढाएर जीवन निर्वाह सहज बनाउनुपर्छ भन्ने माग राखिएको हो।

सरकारले सञ्चालन गर्दै आएका सार्वजनिक यातायात र हवाई सेवामा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्नुपर्ने र दृष्टिविहीन व्यक्तिहरूलाई यातायात एवं हवाई यात्रा गर्न अनिवार्य रुपमा कार्ड उपलब्ध गराइनुपर्ने माग समेत छ।

अर्को मुख्य माग भनेको, दृष्टिविहीन व्यक्तिहरूलाई सीपमूलक, प्राविधिक र बजार व्यवस्थापन सम्बन्धी तालिमहरू उपलब्ध गराउने र त्यसको योग्यता खुलाई सरकारी मान्यता प्राप्त प्रमाणपत्र अनिवार्य रूपमा उपलब्ध गराउने हो। यसले उनीहरूको आत्मनिर्भरता र रोजगार सम्भावनालाई बढावा दिने अपेक्षा छ।

केन्द्रका अध्यक्ष प्रज्वल कुमालले यस मागहरू तत्काल पूरा नभएमा कानुनी कदम र सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी दिएका छन्। उनले भने, “हामीले मागहरू पूरा नभए कानुनी र सडक संघर्ष जारी राख्नेछौं।”

कार्यक्रममा सुदीप वली र मोहम्मद शाकिरले आफ्ना माग तत्काल पूरा गर्न आवश्यक रहेको बताउँदै सरकारले ध्यान दिनुपर्ने बताएका छन्। नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको हकहितको लागि उठाइएको यो आवाज समाजमा नयाँ जागरूकता र परिवर्तनको संकेत हो।

press release  (1)

press release  (2)

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र ९ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु
धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र ९ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
अमेरिका र चीनको बुसान बैठक: सम्बन्ध सुधार, युक्रेन र व्यापार सम्झौतामा छलफल
अमेरिका र चीनको बुसान बैठक: सम्बन्ध सुधार, युक्रेन र व्यापार सम्झौतामा छलफल
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
भेनेजुएलामा अमेरिकी आक्रमण: काराकासमा सुनिएका विस्फोट र सैन्य आक्रमणको विवरण
भेनेजुएलामा अमेरिकी आक्रमण: काराकासमा सुनिएका विस्फोट र सैन्य आक्रमणको विवरण
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?