११४ किलो गाँजासहित कार चालक पक्राउ
- पर्सा ।
- पकहाँ मैनपुर गाउँपालिका–०१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा एउटा कारबाट ११४ किलो २५ ग्राम गाँजा बरामद भएको छ।
पर्सा । पकहाँ मैनपुर गाउँपालिका–०१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा एउटा कारबाट ११४ किलो २५ ग्राम गाँजा बरामद भएको छ। प्रहरीले शुक्रबार राति ८:४५ बजे को खटिएको संयुक्त टोलीले उक्त कारलाई चेकजाँच गर्दा लागुऔषधको ठूलो मात्रा फेला परेको हो।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–०८ बस्ने २१ वर्षीय साजन चेपाङ रहेको पुष्टि भएको छ। कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए, जसभित्र गाँजा डमी गरिएको थियो।
प्रहरीले उक्त कार र बरामद गाँजासहित नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ। यस प्रकारको ठूलो मात्रामा लागुऔषधको बरामदगीले भित्री सुरक्षा र अवैध कारोबारविरुद्धको अभियानलाई थप तीव्रता दिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






