singel post top banner

सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, श्रावण ११, २०८३
91 Views
सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
समाचार सारांश
  • काठमाडौँ — सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
  • गृह मन्त्रालयले सोमबार बसेको बैठकले गृहमन्त्री सुधन गुरुङको अध्यक्षता मा मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

काठमाडौँ — सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको छानबिन गर्न सरकारले समिति गठन गरेको छ। गृह मन्त्रालयले सोमबार बसेको बैठकले गृहमन्त्री सुधन गुरुङको अध्यक्षता मा मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

आज बिहान ९ बजेदेखि सुरु भएको बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए। छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने विषय अझै टुङ्गो नलागेको भएता पनि, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन्। यसैगरी, समितिमा सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधिहरु पनि रहने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई जानकारी दिए।

गत आइतवार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक व्यक्ति कप्तानगञ्ज बस्ने ओमप्रकाश मेहता हुन्। घटनाका अनुसार, हिन्दु समुदायले मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको, र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखिएको विषयलाई लिएर विवाद सुरु भएको थियो।

प्रशासनले घटनाको छानबिन गर्न र अपराधीलाई कानुनी कारबाही गर्न प्रतिबद्धता व्यक्त गरेको छ। यस घटनाले क्षेत्रीय सद्भाव र सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाउनु आवश्यक रहेको विश्लेषकहरुको धारणा छ।

यस घटनालाई लिएर स्थानीय र राष्ट्रियस्तरमा चासो बढ्दै गएको छ। सरकारको छानबिन र आवश्यक कारबाहीले भविष्यमा यस्तो घटना दोहोरिन नदिन सशक्त सन्देश दिन अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रौतहट प्रहरीले एक महिनामा १.४३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
रौतहट प्रहरीले एक महिनामा १.४३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
चीनको हुबेई प्रान्तमा भीषण आँधीबेहरी र चक्रवात, ११ को मृत्यु, ३३१ जना घाइते, ठूलो क्षति
चीनको हुबेई प्रान्तमा भीषण आँधीबेहरी र चक्रवात, ११ को मृत्यु, ३३१ जना घाइते, ठूलो क्षति
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
रामेछाप तामाकोशी नदीमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १२ पुग्यो
रामेछाप तामाकोशी नदीमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १२ पुग्यो
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
अमेरिकी-इजरायली संयुक्त आक्रमण: सर्वोच्च नेता खामेनी सहित इरानका प्रमुख व्यक्तिहरूको मृत्यु
अमेरिकी-इजरायली संयुक्त आक्रमण: सर्वोच्च नेता खामेनी सहित इरानका प्रमुख व्यक्तिहरूको मृत्यु
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
सर्लाहीमा निर्वाचन तयारी पूरा, सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगे
सर्लाहीमा निर्वाचन तयारी पूरा, सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?