singel post top banner

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक ४, २०८३
36 Views
कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
समाचार सारांश
  • काठमाडौं ।
  • भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबगानमा दुर्गा पूजा पण्डालमा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबगानमा दुर्गा पूजा पण्डालमा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार शनिबार साँझ करिब ७:३० बजे घटना भएको हो । सुरुमा १७ जनाको मृत्यु भएको पुष्टि भएकोमा पछि थप दुई जनाको मृत्यु भएको उनले बताए । घाइतेमध्ये २४ जनाको अवस्था खतरामुक्त रहेको र एक जनाको अवस्था केही गम्भीर रहेको मुख्यमन्त्री अधिकारीले जानकारी दिएका छन् ।

सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने र प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ । घाइतेको उपचार खर्च सरकारले बेहोर्ने र उनीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने पनि अधिकारीले बताएका छन् ।

साँघुरो बाटो र अत्यधिक भीडले दुर्घटना भएको आशंका

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पूजा पण्डालमा अत्यधिक भीड थियो । त्यही बेला भारी वर्षा भएपछि मानिसहरू चिप्लिएर लड्दा भागदौड भएको हुन सक्ने अनुमान गरिएको छ ।

एक प्रत्यक्षदर्शीले पण्डालबाट बाहिरिने क्रममा भागदौड मच्चिएको र स्वयंसेवक तथा आवश्यक व्यवस्थापन पर्याप्त नभएको बताएका छन् । अर्का प्रत्यक्षदर्शीका अनुसार घटनास्थल जाने बाटो साँघुरो थियो र प्रकाशको व्यवस्था पनि अपर्याप्त थियो ।

घटनामा अधिकांश महिला तथा बालबालिकाको मृत्यु भएको बताइएको छ । चोरबगानमा ९१ वर्षदेखि दुर्गा पूजा आयोजना हुँदै आए पनि यसअघि यस्तो दुर्घटना नभएको स्थानीयले बताएका छन् ।

उच्च अदालतका न्यायाधीशबाट छानबिन हुने

मुख्यमन्त्री अधिकारीले घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायाधीशबाट गराइने बताएका छन् । कोलकाता प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज जाँच गरिरहेको छ । लापरबाही भएको पाइए दोषीमाथि कानुनी कारबाही गरिने उनले बताए ।

पश्चिम बंगालमा करिब ५८ हजार स्थानमा दुर्गा पूजा आयोजना भइरहेको छ । यो राज्यको सबैभन्दा ठूलो र लोकप्रिय पर्व हो । कोलकाताका चर्चित पूजा पण्डाल हेर्न भारतका विभिन्न राज्यबाट ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् ।

मोदीदेखि राहुल गान्धीसम्मले व्यक्त गरे दुःख

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, कांग्रेस नेता राहुल गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

गृहमन्त्री शाहले मुख्यमन्त्री अधिकारीसँग घटनाबारे कुराकानी गरेको र आफ्ना निर्धारित कार्यक्रम स्थगित गरेर घाइतेलाई भेट्न अस्पताल जाने बताएका छन् ।

राहुल गान्धीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेलाई तत्काल उचित उपचार उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गर्न प्रशासनसँग आग्रह गरेका छन् । खड्गेले पनि उद्धार तथा उपचारलाई प्राथमिकता दिन र भविष्यमा यस्ता दुर्घटना हुन नदिन गहन छानबिन गर्न पश्चिम बंगाल सरकारसँग माग गरेका छन् ।

टीएमसी सांसदद्वारा सरकार र प्रहरीको आलोचना

तृणमूल कांग्रेस (टीएमसी) का सांसद अभिषेक बनर्जीले घटनालाई लिएर पश्चिम बंगाल सरकार र प्रहरीको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै कोलकाता प्रहरी, पश्चिम बंगाल प्रहरी र मुख्यमन्त्री अधिकारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेकी छन् । घटनास्थल पुगेका केही स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा रिल हेरेर पण्डाल अवलोकन गर्न आएको बताएका छन् । उनीहरू त्यहाँ पुग्दा दुर्घटना भइसकेको थियो ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गाको फिर्ताको प्रगतिबारे जानकारी माग, दोषीमाथि कारबाहीको निर्देशन
प्रधानमन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गाको फिर्ताको प्रगतिबारे जानकारी माग, दोषीमाथि कारबाहीको निर्देशन
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
नवलपरासीमा भीषण सडक दुर्घटना, तीन जनाको मृत्यु र १५ जना घाइते
नवलपरासीमा भीषण सडक दुर्घटना, तीन जनाको मृत्यु र १५ जना घाइते
कञ्चनपुरमा वडासदस्य पक्राउ, अवैध लागुऔषध सहित पक्राउ परेकी रूपा जैरू
कञ्चनपुरमा वडासदस्य पक्राउ, अवैध लागुऔषध सहित पक्राउ परेकी रूपा जैरू
singel sidbar banner
singel sidbar banner 2