singel post top banner

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ

belwo post title ad banner
रासस रासस
सोमबार, मंसिर १५, २०८२
140 Views
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
समाचार सारांश
  • बेलबारी ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

बेलबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले यसमा शङ्का गर्नुपर्ने कुनै आधार नरहेको बताए।

बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा घिसिङले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मुख्य दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण सुनिश्चित गर्नु रहेको स्पष्ट पारे।

“हामीसँग बजेटको कुनै अभाव छैन। चुनाव गर्न आर्थिक सङ्कट छैन,” उनले भने, “यो सरकारको प्रमुख भूमिका फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो।”

उनका अनुसार राष्ट्र निर्माणको वास्तविक आधार नागरिकको सोच, चरित्र र क्षमतामा निर्भर हुन्छ। राजनीतिक नेतृत्वका विषयमा टिप्पणी गर्दै उनले जोड दिए, “सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन। ७५ वर्षको अनुभवले देखायो—केवल राजनीतिक परिवर्तनले मात्र देश बन्दोरहेनछ।”

आगामी निर्वाचनलाई महत्वपूर्ण अवसरका रूपमा चित्रित गर्दै मन्त्री घिसिङले जनतासँग योग्य र सक्षम नेतृत्व छान्न आग्रह गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषामा युवकको शव फेला, सुरक्षाका लागि प्रहरी अनुसन्धान सुरु
धनुषामा युवकको शव फेला, सुरक्षाका लागि प्रहरी अनुसन्धान सुरु
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
जनकपुर बोल्ट्सको एनपीएलमा पहिलो जित, काठमाडौंलाई ८ विकेटले हरायो
जनकपुर बोल्ट्सको एनपीएलमा पहिलो जित, काठमाडौंलाई ८ विकेटले हरायो
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीको व्यापक रूपान्तरण र युवा समावेशीकरणमा जोड दिए
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीको व्यापक रूपान्तरण र युवा समावेशीकरणमा जोड दिए
म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडियो
म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडियो
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?