singel post top banner

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ

belwo post title ad banner
रासस रासस
सोमबार, मंसिर १५, २०८२
114 Views
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
समाचार सारांश
  • बेलबारी ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

बेलबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले यसमा शङ्का गर्नुपर्ने कुनै आधार नरहेको बताए।

बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा घिसिङले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मुख्य दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण सुनिश्चित गर्नु रहेको स्पष्ट पारे।

“हामीसँग बजेटको कुनै अभाव छैन। चुनाव गर्न आर्थिक सङ्कट छैन,” उनले भने, “यो सरकारको प्रमुख भूमिका फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो।”

उनका अनुसार राष्ट्र निर्माणको वास्तविक आधार नागरिकको सोच, चरित्र र क्षमतामा निर्भर हुन्छ। राजनीतिक नेतृत्वका विषयमा टिप्पणी गर्दै उनले जोड दिए, “सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन। ७५ वर्षको अनुभवले देखायो—केवल राजनीतिक परिवर्तनले मात्र देश बन्दोरहेनछ।”

आगामी निर्वाचनलाई महत्वपूर्ण अवसरका रूपमा चित्रित गर्दै मन्त्री घिसिङले जनतासँग योग्य र सक्षम नेतृत्व छान्न आग्रह गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बूढानीलकण्ठमा आगलागी, सात जना उद्दार, मानवीय क्षति नभएको विवरण
बूढानीलकण्ठमा आगलागी, सात जना उद्दार, मानवीय क्षति नभएको विवरण
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
कटहरिया नगरपालिकामा दुईदिनमै दुई किशोरीको आत्महत्या, तनाव फैलिएको
कटहरिया नगरपालिकामा दुईदिनमै दुई किशोरीको आत्महत्या, तनाव फैलिएको
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
नवलपरासीमा भीषण सडक दुर्घटना, तीन जनाको मृत्यु र १५ जना घाइते
नवलपरासीमा भीषण सडक दुर्घटना, तीन जनाको मृत्यु र १५ जना घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?