लगातार दोस्रो अर्धशतकसहित बोपाराको चमक, चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको चुनौती
- काठमाडौं ।
- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्ससमक्ष १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्ससमक्ष १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन जोड्यो।
चितवनका विदेशी खेलाडी रबि बोपारा उत्कृष्ट लयमा देखिए। उनले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। बोपाराले ५५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ६६ रन जोडे। यसअघि उनले कर्णाली याक्सविरुद्ध पनि ५२ रन बनाएका थिए, जसले उनको निरन्तर फर्मलाई पुष्टि गर्छ।
कप्तान कुशल मल्लले २१ रन जोड्दै साझेदारीमा योगदान दिए। त्यसैगरी सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहराले १० रन बनाए। मध्य र अन्तिमक्रमका अन्य खेलाडी भने लामो समय क्रिजमा टिक्न नसक्दा चितवनको स्कोर अपेक्षाकृत कममा रोकियो।
बलिङतर्फ लुम्बिनी लायन्सका नामिबियन बलर रुबेन ट्रम्पलम्यान घातक साबित भए। उनले निर्धारित ४ ओभरमा २३ रन खर्चेर ३ मूल्यवान् विकेट हातपारे। युवा स्पिनर अभिशेष गौतमले ३ ओभरमा १५ रन दिएर २ विकेट लिएका थिए। त्यस्तै, अफगान खेलाडी गुल्बदिन नइबले ४ ओभरमा ३३ रन दिएर २ विकेट जोड्न सफल भए।
अब लुम्बिनी लायन्सले जित हासिल गर्न १४३ रनको लक्ष्य पछ्याउनेछ। खेलको नतिजा दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ, किनकि एनपीएलको अंकतालिकामा स्थान सुरक्षित गर्न यो चरणका खेलहरू निर्णायक बन्दैछन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






