singel post top banner

काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, फाल्गुन ३०, २०८२
109 Views
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
समाचार सारांश
  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने गतिविधिहरूमा कडा निगरानी बढाएको छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने गतिविधिहरूमा कडा निगरानी बढाएको छ। ग्यासको उपलब्धता नभएको भनि ग्राहकहरूलाई झुठो जानकारी दिएर मूल्यवृद्धि गर्ने, आवश्यक वस्तुहरू मौज्दात हुँदाहुँदै उपभोक्तालाई वितरण नगर्ने र उच्च मूल्य लिने गतिविधि बढिरहेको पाइएको भन्दै महानगरपालिकाले सक्रियता देखाएको हो।

प्रशासन विभागका प्रमुख महेश काफ्लेले भने, “ग्यास नभएको भनि गलत सूचना प्रवाह गरेर मूल्यवृद्धि गर्न र सर्वसाधारणको जीवनयापनमा असहजता सिर्जना गर्न खोज्ने गतिविधिहरूमा कारबाही प्रक्रिया सुरु गरिएको छ। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर १,९१० रुपैयाँ तोकेको छ, त्यसै अनुसार व्यवसायी र उपभोक्ताले खरिद बिक्री गर्नुपर्छ।“

उनले थपे, “कुनै पनि उपभोक्ता वा व्यवसायीले ग्यास अभावको नाममा माग बढाउने वा सञ्चिति गर्ने प्रयास गरेमा त्यसको सम्बन्धमा निगरानी गरिनेछ। माग र आपूर्ति सन्तुलित राख्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्न आवश्यक छ। उपभोक्ता, उद्योग र सरकार सबैको समान दायित्व छ, र सबैले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ।“

पेट्रोल पम्पहरूले पनि मौज्दात इन्धन हुँदाहुँदै छैन भनि जानकारी दिएर सवारी साधनलाई सेवा नदिने गतिविधि देखिएको भन्दै महानगरपालिकाले त्यसको पनि निगरानी थालेको जनाएको छ। यदि ग्यास र इन्धन अभाव सिर्जना गर्ने कुनै पनि क्रियाकलाप देखिएमा तथ्यमा आधारित जानकारी महानगरपालिकाका हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा रिपोर्ट गर्न आग्रह गरेको छ। प्राप्त जानकारीका आधारमा आवश्यक कारवाही गरिने बताइएको छ।

ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, “भारतबाट आउने ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। माग धेरै भएकाले अभाव देखिएको हो। उपभोक्ताले सञ्चितिका लागि माग नगरेमा समस्या हुने छैन।“यस कदमले काठमाडौंमा ग्यास र इन्धनको कृत्रिम अभावको नाममा भइरहेको कालोबजारीलाई जडबाटै नियन्त्रण गर्ने उद्देश्य राखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
जनकपुरधाम उद्योग वाणिज्य सङ्घ र व्यापारीहरू प्रहरी कुटपिट र अवैध सुनचाँदी छापामारुद्ध संघर्षमा उत्रिए
जनकपुरधाम उद्योग वाणिज्य सङ्घ र व्यापारीहरू प्रहरी कुटपिट र अवैध सुनचाँदी छापामारुद्ध संघर्षमा उत्रिए
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
शेयर बजारमा निर्वाचन परिणामपछि सकारात्मक उछाल, बजारले ४% को वृद्धि देखायो
शेयर बजारमा निर्वाचन परिणामपछि सकारात्मक उछाल, बजारले ४% को वृद्धि देखायो
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?