singel post top banner

हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, पौष २१, २०८२
126 Views
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
समाचार सारांश
  • हेटौंडा – काठमाडौं जोड्ने छोटो मार्गमा भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
  • जिल्लाका प्रहरीले जानकारी दिएको अनुसार आइतवार साँझ भीमफेदी गाउँपालिका ६ जुरीखेतमा ना१ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

हेटौंडा – काठमाडौं जोड्ने छोटो मार्गमा भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। जिल्लाका प्रहरीले जानकारी दिएको अनुसार आइतवार साँझ भीमफेदी गाउँपालिका ६ जुरीखेतमा ना१ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

जिपमा ६ पुरुष, एक महिला, एक बालिका र एक बालक गरी कुल ९ जना सवार थिए। दुर्घटनाको समयमा जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन्।

प्रहरीले दुर्घटनाको १२ घण्टा पछि मात्रै मृतक र घाइतेको पहिचान गरेको हो। मृतक दुई जनाको अझै पहिचान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

मृतकहरूमा हेटौंडा उपमहानगरपालिका ४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका २ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन्।

अन्य मृतकको पहिचान करिब ३५ र ४० वर्षका पुरूषको हुन बाँकी रहेको उहाँले बताए। उनीहरू हेटौंडा अस्पतालमा मृत्यु घोषणा गरिएको हो।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ। जिपका चालक गणेश थापा, जो हेटौंडा उपमहानगरपालिका ४ कर्राचोक बस्ने ४०–४५ वर्षका छन् र मृतक सविता लम्सालको छोरा अभ्यास लम्साल (१२ वर्ष) को अवस्था गम्भीर रहेको जानकारी दिइएको छ।

अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका २ बस्ने रिचा चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस दुर्घटनाले स्थानीयमा ठूलो स्तब्धता फैलाएको छ भने प्रहरी र स्थानीय प्रशासनले घटनाको अनुसन्धान जारी राखिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
नेपालको द्रुत विकासका लागि कानुनी र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक: मन्त्री कुलमान घिसिङ
नेपालको द्रुत विकासका लागि कानुनी र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक: मन्त्री कुलमान घिसिङ
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?