singel post top banner

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराजमा भव्य प्रभातफेरी र कोणसभा सम्पन्न

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, फाल्गुन ७, २०८२
167 Views
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराजमा भव्य प्रभातफेरी र कोणसभा सम्पन्न
समाचार सारांश
  • राजविराज — राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा राजविराजमा एक भव्य प्रभातफेरी र कोणसभा कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रमको शुरुवात जिसस कार्यालयबाट भएको प्रभातफेरी नगरका मुख्य मार्गहरू परिक्रमा गर्दै गजेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

राजविराज — राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा राजविराजमा एक भव्य प्रभातफेरी र कोणसभा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको शुरुवात जिसस कार्यालयबाट भएको प्रभातफेरी नगरका मुख्य मार्गहरू परिक्रमा गर्दै गजेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। यस क्रममा सहभागीहरूले प्रजातन्त्रको स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको स्मरण गर्दै देशभक्तिपूर्ण नाराबाजी गरेका थिए।

कोणसभामा वक्ताहरूले प्रजातान्त्रिक आन्दोलनका क्रममा सहिदहरूले देखाएको साहस, त्याग र बलिदानको चर्चा गर्दै वर्तमान पुस्तालाई लोकतान्त्रिक मूल्यहरू जोगाउन र सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरे।कार्यक्रममा पवि मावि विद्यालय र शिब्स स्कुलका विद्यार्थीहरूको उल्लेखनीय भागीदारी देखिएको थियो। विद्यार्थीहरूले राष्ट्रिय झण्डा बोकेर देशभक्तिपूर्ण नारासहित नगर परिक्रमा गरेका थिए।

यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिसस प्रमुख शिवनारायण साहको अध्यक्षता रहेको थियो। अन्य अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिसस उपप्रमुख शम्भु यादव, नेपाली सेना बरख प्रमुख सेनानी सोबित बहादुर चन्द, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द न्यौपाने, राजबिराज नगरपालिका कार्यपालिका सदस्य सोनी रजक र नीलम कर्ण, वडा नं. ७ का वडा सदस्य रमानन्द देव, शाखा अधिकृत अनिता चौधरी, पविमाविका प्राचार्य मोहन मिश्रा, र शिब्स स्कुलका संस्थापक नरेश प्रताप साहलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले राष्ट्रिय एकता र लोकतन्त्रको महत्त्वलाई पुनः जगेर्ना गर्दै, युवापुस्तालाई प्रजातान्त्रिक मूल्यहरू जोगाउन प्रेरित गरेको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
जलवायु परिवर्तनको प्रभावः संकटमा चौंरी खर्क
जलवायु परिवर्तनको प्रभावः संकटमा चौंरी खर्क
अमेरिकाले पश्चिम एसियाका देशहरूमा सुरक्षा सतर्कता उच्च राख्न आग्रह
अमेरिकाले पश्चिम एसियाका देशहरूमा सुरक्षा सतर्कता उच्च राख्न आग्रह
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
अवधेश मण्डललाई नछोडिए आन्दोलन गर्ने राष्ट्रिय एकता दलको चेतावनी
अवधेश मण्डललाई नछोडिए आन्दोलन गर्ने राष्ट्रिय एकता दलको चेतावनी
नेपालले जलवायु परिवर्तनविरुद्ध तत्काल कदम र न्यायको आह्वान गर्यो
नेपालले जलवायु परिवर्तनविरुद्ध तत्काल कदम र न्यायको आह्वान गर्यो
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?