singel post top banner

प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, मंसिर ९, २०८२
269 Views
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
समाचार सारांश
  • काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर दिएको आरोप सार्वजनिक भएपछि आक्रोशित जेनजी पुस्ताका युवाहरू सोमबार प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगे।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर दिएको आरोप सार्वजनिक भएपछि आक्रोशित जेनजी पुस्ताका युवाहरू सोमबार प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगे। तर भेट नपाएपछि उनीहरूको आक्रोश उग्र बनेको छ।

बिहान करिब ११ बजे प्रधानमन्त्री कार्यालय पुगेका युवाहरूलाई ‘प्रधानमन्त्री व्यस्त’ भएको भन्दै अर्को कोठामा कुराइमा राखियो। प्रधानमन्त्रीको सचिवालयका कर्मचारीहरूले ‘पहिले हामीसँग छलफल गरौँ’ भन्दै युवाहरूलाई अलग्गै राखेर संवाद थाले पनि समयमै भेट मिलेन।

पर्खंदापर्खंदै साँझ ४ बज्दा पनि प्रधानमन्त्रीलाई भेट्ने पालो नआएपछि उनीहरू असन्तुष्ट बने। त्यसबीचमा प्रधानमन्त्री कार्की कार्यकक्षबाट बाहिरिसकेका जानकारी पाएपछि युवाहरू आक्रोशित हुँदै प्रेस संयोजक राम रावलमाथि नै प्रश्न हुँदै चर्को रूपमा विरोध जनाउन थाले।

‘जेनजीबाट बनेको सरकारले जेनजीलाई नचिनेको’ – युवाहरूको आरोप

भिडियोमा देखिएका एक आक्रोशित युवाले भने—
जेनजीको माग र मर्म बुझ्न नसक्ने प्रधानमन्त्रीले के गर्छ ? अब यो प्रधानमन्त्रीको राजीनामा चाहियो।

अर्का एक युवा अझ कठोर बने—
हाम्रो रगत, शहीद र घाइतेको बलिदानबाट बनेको सरकार, हामीलाई भेट्न नदिने कस्तो सरकार ?

उनहरूको आक्रोश बढ्दै गएपछि स्थानमा तनावपूर्ण अवस्था सिर्जना भयो। प्रेस संयोजक रावलले सम्झाउने प्रयास गरे पनि स्थिति सामान्य हुन नसकेपछि प्रहरी टोली नै बोलाउनुपर्‍यो।

को–को पुगेका थिए ?

जेनजीका विभिन्न समूहका युवाहरू सिंहदरबार पुगेका थिए।

  • सुदन गुरुङ समूह

  • मिराज ढुंगाना

  • कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाही

  • रविकिरण हमाल समूहबाट विजय शाह, टेकेन्द्र जोशी, अजय सोडारी

रविकिरण हमाललाई भने सिंहदरबार प्रवेशद्वारमै रोकिन पुग्यो।

युवा सोम शर्माका अनुसार करिब ५० जनाको समूह प्रधानमन्त्रीलाई भेट्न गएका हुन्। सचिवालयले ‘सबैलाई भेट सम्भव छैन’ भन्दै ८–१० जनाको प्रतिनिधि मण्डल छान्न भने पनि, छानिएको प्रतिनिधि मण्डललाई समेत अन्तिममा भेट्न नदिइएको उनकै आरोप छ।

‘हामीलाई छलफलको बहानामा बसालेर प्रधानमन्त्रीलाई सुटुक्क निकालियो’ – सुप्रिया शाही

कर्णाली जेनजीकी सुप्रिया राज्यलक्ष्मी शाही भन्छिन्—
“हामीलाई अर्कै कोठामा बसेर छलफल गरौँ, त्यसपछि प्रधानमन्त्रीकहाँ जाने भनिएको थियो। तर त्यत्तिकै मौकामा प्रधानमन्त्रीलाई सुटुक्क कार्यकक्षबाट बाहिर निकालियो।”

शाहीका अनुसार आफूहरूलाई बिहान १० बजे नै बोलाइएको थियो, तर ४ बजेसम्म कुराएर पनि भेट नदिएको आरोप छ।
यसै विषयमा उनीहरूको मुख्य माग—

  • प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्ने,

  • पारिवारिक सदस्यलाई दिएको नियुक्ति खारेज गर्नुपर्ने,

  • महान्यायाधिवक्ता सबिता भण्डारीलाई हटाई छानबिन हुने,

थियो। तर सचिवालयले बेवास्ता गरेको उनीहरूको आरोप छ।

सचिवालयको पक्ष : ‘व्यस्तताका कारण भेट मिलेन’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले आदर्श श्रेष्ठसम्बन्धी समाचार ‘जसरी आएको छ, त्यसैगरी सत्य होइन’ भने पनि, जेनजीले उठाएका केही माग भने जायज रहेको स्वीकार गरे।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले भने—
“प्रधानमन्त्री व्यस्त थियो। सबैलाई भेट मिलाउन सकिएन। कतिपयलाई आज बोलाइएको छ।”

आज पनि भेट्न प्रयास, नदिए धर्ना

कर्णाली जेनजी समूहकी सुप्रिया शाहीले आज फेरि चार बजे सिंहदरबार जाने बताइन्छ।
“आज पनि भेट्न नदिए धर्नामा बस्छौँ,” शाहीले चेतावनी दिइन्।

जेनजी युवाहरूले प्रधानमन्त्री कार्कीबाट छोटो समयमै सुधारको अपेक्षा गरेका थिए, तर भेट नपाएपछि उनीहरूको असन्तुष्टि खुलेर सतहमा आएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाल–चीन सीमाना रसुवागढीबाट मालसामानको आयात पुनः सुरु
नेपाल–चीन सीमाना रसुवागढीबाट मालसामानको आयात पुनः सुरु
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?