singel post top banner

मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १७, २०८२
253 Views
मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन
समाचार सारांश
  • पर्सा ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि वीरगन्जमा तीव्र विरोध प्रदर्शन भएको छ।

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि वीरगन्जमा तीव्र विरोध प्रदर्शन भएको छ। प्रदेश सरकारको सो निर्णयविरुद्ध आक्रोशित स्थानीयहरूले वीरगन्ज बजार क्षेत्रमा मुख्यमन्त्री यादवको पुतला दहन गर्दै विरोध जनाएका हुन्।

सर्वोच्च अदालतले विश्वासको मतका विषयमा जारी गराएको आदेश विपरीत मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेको भन्दै प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। सोही बैठकले शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा सम्बन्धी विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति दिएको थियो।

यसअघि पूर्व मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा पनि मदरसा शिक्षा विधेयक अघि बढाउने प्रयास भएको थियो। तर व्यापक विरोध तथा विवाद उत्पन्न भएपछि विधेयक स्थगित गरिएको थियो। अहिले पुनः त्यही विधेयकलाई अघि बढ़ाउने संकेत मुख्यमन्त्री यादवबाट आएको भन्दै मधेसमा पुनः असन्तुष्टि तीव्र बनेको छ।

प्रदर्शनकारीहरूले अदालतको आदेश विपरीत निर्णय भएको, संवेदनशील विधेयकलाई बिना विस्तृत छलफल अघि सारिएको र प्रदेशको सामाजिक सन्तुलन प्रभावित पार्न खोजिएको आरोप लगाएका छन्। उनीहरूले विधेयक तत्काल रोक्न प्रदेश सरकारलाई दबाब दिँदै शान्तिपूर्ण तर कडा ढंगले विरोध प्रदर्शन जारी राखेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
बझाङको दुर्गाथली गाउँपालिकामा भ्रष्टाचार मुद्दा, २२ लाखभन्दा बढी रकम फसुलीमा परेका आरोप
बझाङको दुर्गाथली गाउँपालिकामा भ्रष्टाचार मुद्दा, २२ लाखभन्दा बढी रकम फसुलीमा परेका आरोप
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
मिथिलाञ्चलमा होली पर्वको परम्परागत जोगिरा गायन र संस्कृतिक संरक्षणको प्रयास
मिथिलाञ्चलमा होली पर्वको परम्परागत जोगिरा गायन र संस्कृतिक संरक्षणको प्रयास
राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्‍यो
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्‍यो
म्याग्दीमा पहिरोले पुरिँदा घारखोला जलविद्युत् आयोजना प्रभावित, एक जना बेपत्ता र एक जना घाइते
म्याग्दीमा पहिरोले पुरिँदा घारखोला जलविद्युत् आयोजना प्रभावित, एक जना बेपत्ता र एक जना घाइते
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?