singel post top banner

मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १७, २०८२
284 Views
मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन
समाचार सारांश
  • पर्सा ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि वीरगन्जमा तीव्र विरोध प्रदर्शन भएको छ।

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि वीरगन्जमा तीव्र विरोध प्रदर्शन भएको छ। प्रदेश सरकारको सो निर्णयविरुद्ध आक्रोशित स्थानीयहरूले वीरगन्ज बजार क्षेत्रमा मुख्यमन्त्री यादवको पुतला दहन गर्दै विरोध जनाएका हुन्।

सर्वोच्च अदालतले विश्वासको मतका विषयमा जारी गराएको आदेश विपरीत मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेको भन्दै प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। सोही बैठकले शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा सम्बन्धी विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति दिएको थियो।

यसअघि पूर्व मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा पनि मदरसा शिक्षा विधेयक अघि बढाउने प्रयास भएको थियो। तर व्यापक विरोध तथा विवाद उत्पन्न भएपछि विधेयक स्थगित गरिएको थियो। अहिले पुनः त्यही विधेयकलाई अघि बढ़ाउने संकेत मुख्यमन्त्री यादवबाट आएको भन्दै मधेसमा पुनः असन्तुष्टि तीव्र बनेको छ।

प्रदर्शनकारीहरूले अदालतको आदेश विपरीत निर्णय भएको, संवेदनशील विधेयकलाई बिना विस्तृत छलफल अघि सारिएको र प्रदेशको सामाजिक सन्तुलन प्रभावित पार्न खोजिएको आरोप लगाएका छन्। उनीहरूले विधेयक तत्काल रोक्न प्रदेश सरकारलाई दबाब दिँदै शान्तिपूर्ण तर कडा ढंगले विरोध प्रदर्शन जारी राखेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
चितवनमा रास्वपा महाधिवेशन: विद्युतीय मतदानको व्यवस्था र आगामी निर्वाचन कार्यक्रम
चितवनमा रास्वपा महाधिवेशन: विद्युतीय मतदानको व्यवस्था र आगामी निर्वाचन कार्यक्रम
वीरगञ्जबाट १७६ केजी गाँजा सहित भ्यान चालक पक्राउ
वीरगञ्जबाट १७६ केजी गाँजा सहित भ्यान चालक पक्राउ
विनियोजन विधेयक, २०८३ का विषयमा छलफल स्थगित, मन्त्रीको अनुपस्थितिमा बैठक १५ मिनेटका लागि स्थगित
विनियोजन विधेयक, २०८३ का विषयमा छलफल स्थगित, मन्त्रीको अनुपस्थितिमा बैठक १५ मिनेटका लागि स्थगित
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
सरकारले अनलाइन व्यापार व्यवसायीहरूका लागि अनिवार्य दर्ता निर्देशन
सरकारले अनलाइन व्यापार व्यवसायीहरूका लागि अनिवार्य दर्ता निर्देशन
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?