singel post top banner

चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरण: एसएसपी सन्तोष खड्कालाई मानव अधिकार आयोगले बोलायो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन १२, २०८३
48 Views
चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरण: एसएसपी सन्तोष खड्कालाई मानव अधिकार आयोगले बोलायो
समाचार सारांश
  • काठमाडौं ।
  • राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको घटनाबारे छलफल गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको घटनाबारे छलफल गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन भनिएको हो।

“आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई बोलाइएको हो,” पोखरेलले भने। जबराको पक्राउबारे अनुगमन गर्न आयोगको टोली आइतबार टेकुस्थित कार्यालय पुगेको थियो। तर, प्रहरीले करिब एक घण्टा कुराएपछि टोलीलाई गेटबाटै फर्काएको आयोगले जनाएको छ।

यस घटनाप्रति आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो। आयोगले घटनाबारे थप जानकारी लिन र अनुगमनमा अवरोध भएको विषयमा छलफल गर्न एसएसपी खड्कालाई बोलाएको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता
सुनको मूल्यमा भारी वृद्धि, अन्तरराष्ट्रिय बजारमा पनि रेकर्ड उच्चता
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो नियमित दुबई उडान, पर्यटन र विकासको नयाँ युगको शुरुवात
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो नियमित दुबई उडान, पर्यटन र विकासको नयाँ युगको शुरुवात
वीरगञ्जबाट पाँच महिनामा ७२ अर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थको आयात
वीरगञ्जबाट पाँच महिनामा ७२ अर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थको आयात
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?