हवाई दुर्घटना न्यूनीकरण गर्न नेपालमा छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गरिने
- काठमाडौँ ।
- मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न सरकारले नेपाल मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ।
काठमाडौँ । मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न सरकारले नेपाल मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ। विभागले सार्वजनिक गरेको नयाँ श्वेतपत्रको मस्यौदामा हवाई उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्तो संस्थागत संरचना प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) का मापदण्डअनुरूप एभिएसन सिस्टम ब्लक अपग्रेड कार्यक्रम लागू गरिनेछ। यसअन्तर्गत उडान मार्गको मौसम पूर्वानुमान उपलब्ध गराउनुका साथै डिजिटल फ्लाइट फोल्डरमार्फत पाइलटलाई मौसमसम्बन्धी सटीक जानकारी दिने व्यवस्था गरिनेछ।
काठमाडौँ उपत्यकाका जोखिमयुक्त हवाई उडानलाई थप सुरक्षित बनाउन उपत्यकाकेन्द्रित नयाँ एक्स–ब्यान्ड मौसम राडार स्थापना गर्ने योजना पनि श्वेतपत्रको मस्यौदामा समेटिएको छ। राडारले मौसममा अचानक आउने परिवर्तनको तत्काल जानकारी दिने र त्यसबाट उडान सुरक्षामा सहयोग पुग्ने सरकारको विश्वास छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






