singel post top banner

बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक ४, २०८३
39 Views
बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न
समाचार सारांश
  • काठमाडौँ।
  • बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा मंगलबार हलचोक, स्वयम्भूस्थित नं.

काठमाडौँ। बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा मंगलबार हलचोक, स्वयम्भूस्थित नं. १९ बगलामुखी विशेष कार्यदल गणमा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा बिहान ७ बजेर ३५ मिनेटको पूजाको साइतमा कार्यक्रम सुरु भएको थियो। पूजाका क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा विधिपूर्वक पञ्जाछाप लगाएका थिए।

सशस्त्र प्रहरी बल, नेपालले बडादसैँका अवसरमा आफ्नो सांगठनिक परम्पराअनुसार हरेक वर्ष निशान, मौलो तथा कोत पूजा गर्दै आएको छ।

समारोहमा सशस्त्र प्रहरी बलको सलामी टोलीले निशान भगवतीलाई सलामी अर्पण गरेको थियो। त्यसपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधान कार्यालय तथा उपत्यकास्थित इकाइका वरिष्ठ अधिकृत, सिनियर अधिकृत, अधिकृत र बिल्लादार जवानहरूले पूजाअर्चना तथा मौलो परिक्रमा गरेका थिए।

समारोहको समापनमा महानिरीक्षक पौडेलले मौलो पूजा व्यवस्थापन तथा सञ्चालनमा उत्कृष्ट योगदान पुर्‍याउने सशस्त्र प्रहरी कर्मचारीलाई पगरी र नगद पुरस्कार प्रदान गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
सर्लाहीमा निर्वाचन तयारी पूरा, सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगे
सर्लाहीमा निर्वाचन तयारी पूरा, सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगे
सामूहिक सयपत्री फूलखेतीमा महिला
सामूहिक सयपत्री फूलखेतीमा महिला
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
नेपाल–भारतबीच ऊर्जा र प्रसारण लाइन विकासका सम्झौतासहित उच्चस्तरीय भेटवार्ता
नेपाल–भारतबीच ऊर्जा र प्रसारण लाइन विकासका सम्झौतासहित उच्चस्तरीय भेटवार्ता
वैदेशिक रोजगार बोर्डले माग्यो १० स्वयंसेवक कर्मचारी
वैदेशिक रोजगार बोर्डले माग्यो १० स्वयंसेवक कर्मचारी
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा
रवि लामिछानेको चेतावनी र जलवायु आपतकालीन प्रस्ताव: प्राकृतिक विपद्‌ र जलवायु अन्यायको निष्क
रवि लामिछानेको चेतावनी र जलवायु आपतकालीन प्रस्ताव: प्राकृतिक विपद्‌ र जलवायु अन्यायको निष्क
विराटनगरमा जेनजी आन्दोलनले ४१ करोडभन्दा बढीको सवारी जले, सरकारको खर्च र व्यवस्थापनको चुनौती बढ्दै
विराटनगरमा जेनजी आन्दोलनले ४१ करोडभन्दा बढीको सवारी जले, सरकारको खर्च र व्यवस्थापनको चुनौती बढ्दै
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?